इन्डोनेसियाको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या १६४ पुग्यो

२४ साउन ७५, बिहीबार
Share this
716shares

इन्डोनेसिया, साउन २४
इन्डोनेसियाको लोम्बोक द्वीपमा गत आइतबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १६४ पुगेको छ ।उद्धारकर्ताहरु भूकम्पको बढी प्रभावित क्षेत्रमा प्रवेश गरेलगतै यो सङ्ख्या बढेर १६४ पुगेको सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

Advertisement

भूकम्प गएको चार दिनपछि पनि भूकम्पले अति प्रभाव पारेको क्षेत्रमा उद्धार प्रयास हुन नसकेको बताइएको छ । यसकारण त्यस क्षेत्रबाट जीवित व्यक्तिको उद्धारको आशा पनि कम भएको जनाइएको छ ।भूकम्पको कारण विस्थापित भएका केही व्यक्तिले अझै सहयोग नपाएको गुनासो पनि गरेका छन् ।

विशेषगरी उत्तर र पश्चिम लोम्बोकका भूकम्प पीडितलाई सहयोग पु¥याउन नसकिएको राष्ट्रिय प्रकोप निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले गरेको ट्वीटमा बिहीबार जानकारी दिइएको छ ।यस भूकम्पमा परी १६४ व्यक्तिको मृत्यु भएको पुष्टि भएको नुग्रोहोले एएफपी समाचार समितिलाई बताएका छन् ।

Advertisement

साथै यस भूकम्पमा परी करिब १ हजार ४०० व्यक्ति गम्भीर घाइते भएका र १ लाख ५० हजार विस्थापित भएका पनि नुग्होरोले थप जानकारी दिएका छन् । भूकम्पका कारण घरबास गुमाएका व्यक्तिहरूलाई शिविर बनाएर राखिएको छ ।

ती व्यक्तिहरू स्थानीय शरणार्थीस्थलमा बसोबास गर्न बाध्य भएका र यी भूकम्प पीडितलाई खाध्य पदार्थ, औषधि र सफा खानेपानीलगायत सुत्ने स्थानको समेत कमी भएको अधिकारीहरूले जानकारी दिएका छन् ।इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार बेलुका ६.९ म्याग्नीच्युडको भूकम्प गएको थियो । त्यसमा परी हालसम्म भएका क्षतिको विवरण आइरहेको छ ।

Advertisement

यस भूकम्पको केन्द्रविन्दु लोम्बोकबाट १८ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करीव १५ किलोमिटर गहिरो रहेको बताइएको छ ।इन्डोनेसियाको मौसम विज्ञान विभागले समुद्री सतहको अध्ययनपछि सुनामीको भने खतरा नरहेको जनाएको छ । इन्डोनेसियामा यसै क्षेत्रमा गत साता आएको ६.४ म्याग्नीच्यूडको भूकम्पमा परी १७ जनाको मृत्यु भएको थियो ।

सन् २००४ डिसेम्बरमा इन्डोनेसियाको सुमात्रामा ९.१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पपछि सुनामी आएको थियो । जसका कारण एक दर्जन तटीय क्षेत्रका दुई लाख ३० हजार भन्दाबढी मानिसको मृत्यु भएको थियो ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top