फिफा विश्वकपको तयारी : कतारमा ८ रङ्गशालाको निर्माण सकियो

फिफा विश्वकपको तयारी : कतारमा ८ रङ्गशालाको निर्माण सकियो

६ मंसिर, दोहा ।

फिफा विश्वकप २०२२ का लागि कतारले सबै रङ्गशालाको निर्माण सम्पन्न गरेको छ ।

मध्यपूर्व र अरबमा पहिलो विश्वकप हुन ठिक एक वर्ष बाँकी छँदै कतारले सबै आठ प्रतियोगिता स्थलहरूमा निर्माण कार्य पूरा गरेको गल्फ टाइम्सले जनाएको छ ।

६० हजार दर्शक क्षमता भएको अल बायत रङ्गशालाबाट सुरु हुने विश्वकप ८० हजार क्षमताको लुसेल स्टेडियममा पुगेर सकिनेछ । १८ डिसेम्बर २०२२ अर्थात कतारको राष्ट्रिय दिवसमा फाइनल खेल हुनेछ ।

कतार २०२२ डट क्युले २१ नोभेम्बर २०२२ मा अल बायत रङ्गशालाबाट सुरु हुने विश्वकपमा ८ स्टेडियमहरूलाई नजिकबाट हेर्ने सकिने जनाएको छ।

एक वर्षको काउन्डाउन सुरू

कतार विश्वकप २०२२ को एक वर्षको काउन्डाउन सुरु भएको छ । विश्वभरबाट छनौट भएका ३२ देशले सहभागिता जनाउने सो प्रतियोगितामा दर्शकलाई कोभिडविरुद्धको भ्याक्सिन अनिवार्य गर्ने तयारी छ ।

विश्वकपका आयोजकको हैसियतमा कतारले स्थान बनाइसकेको छ भने युरोपेली क्षेत्रबाट १० र दक्षिण अमेरिकाबाट दुई गरी १३ देश विश्वकपका लागि छनौट भइसकेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.