डिसेम्बर १ बाट कामदार र विद्यार्थी अस्ट्रेलिया जान पाउने

६ मंसिर ७८, सोमबार
Share this
724shares

६ मंसिर, काठमाडौं ।

Advertisement

कोरोनाविरुद्धको पूर्ण खोप लगाइएकाहरुले यात्रा छुटको लागि आवेदन नदिइ डिसेम्बर १ तारिखदेखि अस्ट्रेलिया प्रवेश गर्न पाउने भएका छन्।

यस निर्णयसँगै पर्यटकहरु, दक्ष आप्रवासी, अष्ट्रेलियाबाट बाहिर रहेका र विद्यार्थीहरुका लागि उडानका लागि ढोका खुलेको अस्ट्रेलियाली सञ्चारमाध्यमहरुले जनाएका छन्।

Advertisement

सोमबार अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मेरिसनले दुवै डोज खोप लगाएका जापानी र कोरियाली नागरिकहरूले पनि क्वारेन्टिन बिनानै सोही मितिबाट अस्ट्रेलिया भ्रमण गर्न सक्ने घोषणा गरेका छन्। २८ खालका भिसाको पूर्ण सूची अस्ट्रेलियाली गृह मन्त्रालयको वेव साइटमा राखिएको जनाइएको छ।

अस्ट्रेलिया जान खोज्ने हरेकले पूर्ण खोप लगाएको हुनुपर्ने र अस्ट्रेलिया प्रस्थान गरेको तीन दिन भित्रमा पीसीआरको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने नाइन न्यूजले जनाएको छ।

Advertisement

प्रत्येक राज्य र क्षेत्रमा अलअलग निमय भएका कारण न्यू साउथ वेल्स, भिक्टोरिया र अस्ट्रेलियाको राजधानी क्षेत्रमा मात्र यात्रुहरुले क्वारेन्टिन विना उडान भर्न पाउने समाचारमा जनाइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top