२१ वर्षीय युवा बने माओवादी वडाध्यक्ष

२१ वर्षीय युवा बने माओवादी वडाध्यक्ष

६ मंसिर, काठमाडौं ।

२१ वर्षीय युवा नेकपा (माओवादी केन्द्र)को वडाध्यक्षमा निर्वाचित भएका छन् । उदयपुर जिल्लाकै ठूलो र पुरानो नगर त्रियुगा नगरपालिका वडानम्बर ६ मा २१ वर्षीय प्रवेश खड्का अध्यक्ष बनेका हुन् । सम्भवतः उनी प्रदेशकै माओवादीको कान्छो वडाध्यक्ष हुन् ।

तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पनि उनी २० वर्ष छर्दै वडाध्यक्ष चयन भएका थिए ।

माओवादी केन्द्रले ४ मंसिरमा देशभर एक साथ वडा अधिवेशन सम्पन्न गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.