‘ए’ डिभिजन लिगमा आर्मी र पुलिसको बराबरी

६ मंसिर, काठमाडौं ।

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको विभागीय डर्वी भिडन्तको खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

पुलिसले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो । पुलिसका सन्तोष हेमरुनले गोल गर्दा आर्मीका वैकल्पिक मिडफिल्डर विवेक बस्नेतले बराबरी गोल फर्काए ।

५१औं मिनेटमा सन्तोष हेमरुनले गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए । उनले तेज तामाङको फ्रिकिकलाई हेडरमार्फत सदुपयोग गरेका थिए । विकास तामाङले बुद्ध बल तामाङलाई फल गरेपछि पुलिसले फ्रिकिक पाएको थियो ।

६१औं मिनेटमा विवेक बस्नेतले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याए । ५८औं मिनेटमा दिनेश हेन्जनको स्थानमा मैदान छिरेका विवेकले सन्तोष तामाङले दिएको पासलाई पुलिसका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिदै उत्कृष्ट फिनिस गरेका थिए ।

बराबरीपछि दुवै टोलीको समान १ अंक भएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top