सरकारले भन्यो- मारुती सिमेन्ट गुणस्तरहीन छ, प्रयोग नगर्नुस्

६ मंसिर, काठमाडौं ।

मारुती सिमेन्ट गुणस्तरहीन फेला परेपछि सरकारले विकास निर्माणका काममा उक्त सिमेन्ट प्रयोग नगर्न निर्देशन दिएको छ । अनुगमनका क्रममा  ४३ ग्रेडको मारुती ओपीसी सिमेन्ट गुणस्तरहीन भएको फेला परेसँगै सरकारले मातहत निकायलाई परिपत्र जारी गरेको छ ।

विगतमा मारुती सिमेन्ट प्रयोग गरिएका विकास निर्माणका काम गुणस्तरहीन देखिन थालेपछि सरकारले अनुगमन तीव्र बनाएको थियो ।गुणस्तरहीन भएको प्रमाण फेला परेसँगै मन्त्रालयले मारुती सिमेन्ट प्रयोग नगर्न परिपत्र जारी गरेको छ ।

मन्त्रालयले यसअघि नै गुणस्तर तथा नापतौल विभागले बजारमा पठाइएका सबै सिमेन्ट फिर्ता लिन भनिसकेको छ ।  अब, विभागले नेपाल गुणस्तर (प्रमाणपत्र चिह्न) ऐन–२०३७ तथा नियमावली–२०४० बमोजिम कारबाहीको दायरामा ल्याइने जनाएको छ । विभागका अनुसार मारुती सिमेन्टको संकलित नमुना परीक्षण गर्दा सिमेन्टको मापन ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको थियो ।

मुख्य उत्पादन कार्यायलय सिरहामा रहेको मारुती सिमेन्टलाई गुणस्तरहीन सिमेन्टबारे १५ दिने स्पष्टीकरण सोधेको विभागले जनाएकाे छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top