साइबर सेना अब साइबर सर्कल बन्ने

६ मंसिर, काठमाडाैँ ।

Advertisement

साइबर सेना, वार रुम, आइटी आर्मी यी नामहरु नेपालका प्रमुख दुई राजनीतिक दलका सामाजिक सञ्जालमा खटिने संयन्त्रको अगुवाई गर्न बनाइएका सांगठनिक संरचनाहरु सहितका टिम हुन् । यसको उद्धेश्य सामाजिक सञ्जाल मार्फत पार्टीको हितका लागि काम गर्नु हो ।

सबैभन्दा पहिला युवा संघ नेपालको २०७८ माघ २५ र २६ गते बसेको बैठकले साइबर सेना गठन गर्ने निर्णय गरेको थियो। सामाजिक सञ्जालको चरम दुरूपयोग गरी व्यक्तिगत चरित्र हत्यासम्म गर्न उद्यत प्रवृत्तिलाई निरुत्साहित गर्न भन्दै बच्चन सिंह अध्यक्ष तथा युवा इन्चार्ज महेश बस्नेत रहेको संघले साइबर सेनाको गठन गरिएको थियो ।

Advertisement

अहिले नेकपा (एमाले) को युवा संगठनअन्तर्गत रहने भनिएको ‘साइबर सेना’ को नाम परिवर्तन हुने भएको छ । अब यसको नाम ‘साइबर सर्कल’ बनाइने छ । एमाले युवा नेता महेश बस्नेतले प्रस्ताव गरेको साइबर सेना सेनाको नाम परिवर्तन गरेर ‘साइबर सर्कल’ बनाइने भएको छ । बस्नेतले सेना शब्दले द्वन्द्व र हिंसाको अर्थ दिने भएकाले नाम परिवर्तन गरिएको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कलको ८ गते घोषणा गर्ने भएका छन् । साइबर सर्कल युवासंघ अन्तर्गत एउटा विभागका रूपमा रहने पनि बस्नेतले बताएका छन् । एमालेको साइबर सेनालाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भने साइबर स्यालको उपमा दिने गरेका छन् । यस्तै एमाले संग यस्तै अर्काे टिम पनि रहेको छ । आइटी आर्मी नेकपा एमालेले प्रभु साहको नेतृत्वमा आईटी आर्मीको घोषणा गरेको छ । प्रभु साह संयोजक रहेको आइटी आर्मीले सरकारले आइटीमार्फत जनतामा भ्रम फैलाउनसक्ने भएकाले त्यसलाई तोड्ने काम गर्ने यसको अन्तरिम घोषणा पत्रमा उल्लेख छ। आईटी आर्मीको केन्द्रीय कमिटी १ सय ५१ सदस्यीय छ।आइटी आर्मीका प्रदेश कमिटीहरू १०१ सदस्यीय प्रस्ताव गरिएको छ। यस्तै जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय प्रस्ताव छ ।

Advertisement

यस्ता टिम बनाउन प्रतिपक्ष एमाले मात्रै होइन सत्तारुढ दल कांग्रेस पनि पछि परेको छैन् । सत्तारुढ दल कांग्रेसले पनि यही सिको गर्दै विपक्षीमाथि सामाजिक संजालमार्फत् सशक्त प्रतिवाद गर्न टिम बनाएको छ । नेपाली कांग्रेसले महाधिवेशन र आगामी तीन तहको निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई जिताउन सामाजिक सञ्जालमा ‘वार रुम’ बनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा संयोजकत्वको प्रचार विभागले सामाजिक सञ्जालको प्रयोग गरी पार्टीको प्रचार र प्रतिकारलाई थप व्यवस्थित बनाउने निर्णय गरेको हो । यस्तै कांग्रेसले विभाग सदस्य एवं पार्टीको प्रविधि र सामाजिक सञ्जाल उपसमितिका संयोजक ई. दीपेश विष्टको संयोजकत्वमा ‘एनसी विन’कोे २७ सदस्यीय केन्द्रीय तथा ७ प्रदेश संरचना अलग्गै निर्माण गरेको छ ।

पार्टीको प्रचार प्रसार र संगठन विस्तारका लागि अन्तराष्ट्रिय स्तरमा पनि सामाजिक संजाल हेर्ने गरी यस्ता अभ्यासहरु हुने गरेका छन् । जसको व्यापक दुरुपयोग समेत हुने गरेको आरोप लाग्ने गरेको छ । सूचना प्रविधि र साइबर कानूनका विज्ञहरु भने व्यक्तिहरुलाई प्रहार गर्न यस्तो संरचना बनाइए त्यो गैरकानूनी हुने बताउँछन् । साइबर कानून अनुशार योजनाबद्ध रुपमा कसैलाई हानी पु¥याउने गरी विद्युतीय माध्यम प्रयोग गर्नु गैरकानूनी हो । विद्युतीय माध्यममार्फत् कसैलाई होच्याउने, धम्की दिने, अभिव्यक्ति स्वतन्त्रता प्रभावित गर्ने, अरुको चरित्र हत्या गर्ने, करकापमा पार्ने, त्रास र भ्रम फैलाउने लगायत कार्यलाई कानूनले निषेध गरेको छ ।

एमाले विभाजन पछि बनेको नेकपा एकीकृत समाजवादी पार्टील साइबर टिम नबनाएपनि एमालेको युथ फोर्स लागि काउन्टर दिन अखिल फोर्स गठन गरेको छ। यस्तै नेकपा माओवादीले पनि युवा दस्ता वाईसीएलाई ब्युँताएको छ । वाईसीएलको भदौ १२–१५ गतेसम्म चलेको राष्ट्रिय भेला पछि सुमन देवकोटालाई यसको संयोजक बनाइएको छ । माओवादी शान्तिपूर्ण राजनीतिमा आइसकेपछि वाईसीएलले ‘अर्धसैनिक दस्ता’ का रूपमा गतिविधि गरेको थियो। कतिपय हिंसा र हत्यामा वाईसीएल नेताहरूको नामसमेत जोडिएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top