ए डिभिजन लिगमा विभागीय बराबरी, मछिन्द्रले बाजी मार्याे

६ मंसिर, काठमाडौं ।

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएका खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दा साविक विजेता मछिन्द्रले न्युरोड टिम (एनआरटी)लाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको पहिलो खेलको ५१औं मिनेटमा पुलिसका सन्तोष हेमजनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर त्यसको १० मिनेट नबित्दै आर्मीका बिबेक बस्नेतले बराबरी गोल फर्काएका थिए । बाँकी समयमा दुवै टोलीबाट गोलका लागि निरन्तर प्रयास गरे पनि सफल हुन नसक्दा खेल बराबरीमा सकिएको थियो ।

दोस्रो खेलमा साविक विजेता मछिन्द्रले एनआरटीमाथि २–१ को जित निकाल्दा दुवै गोल सुनिल बलले गरे । खेलको १२औं मिनेटमा सुनिलले गरेको गोलसँगै अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा गोल खाएको थियोे । ५४औं मिनेटमा एनआरटीका एरिक विष्टले फ्रि–किकमार्फत गोल गरेसँगै बराबरी भएको खेलमा मछिन्द्रलाई जित दिलाउन सुनिलले व्यक्तिगत दोस्रो गोल गरे ।

कप्तान सुनिलको पासमा ८०औं मिनेटमा सुनिलले ट्याप इनमार्फत विजयी गोल गरेका थिए । जितसँगै मछिन्द्रले तीन अंक हासिल गरेको छ । मछिन्द्रले दोस्रो चरणमा आर्मीसँग खेल्ने छ भने एनआरटीले ब्रिगेड ब्वाइजको सामना गर्नेछ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top