सातादेखि हराइरहेकी महिला मृत फेला

६ मंसिर ७८, मंगलबार

७ मंसिर, गोरखा।

Advertisement

गोरखामा एक सातादेखि हराइरहेकी एक महिला मृत भेटिएकी छिन् ।

गोरखा नगरपालिका–१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङ मृत भेटिएकी हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार तामाङ गत कात्तिक ३० गतेदेखि हराइरहेकी थिइन् ।

Advertisement

उनलाई सोमबार साँझ गोरखा नगरपालिका–१२ खत्रेबेँसीस्थित दरौदीखोला किनारमा मृत फेला पारिएको हो। तामाङको शव परीक्षणका लागि गोरखा अस्पतालमा ल्याइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top