फाइजरका नेपाल प्रबन्धक भट्टराईको निधन

७ मंसिर, काठमाडौं।

अमेरिकाको भ्याक्सिन तथा औषधी उत्पादक कम्पनी फाइजरको नेपाल प्रबन्धक पदम भट्टराईको निधन भएको छ । ४९ वर्षीय भट्टराईको आज विहान उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।

 डेंगुबाट संक्रमणका कारण भट्टराईको निधन भएको परिवारनिकट स्रोतले जानकारी दिएको छ । सामाजिक क्षेत्रमा पनि निकै सक्रिय भट्टराई नीति अनुसन्धान प्रतिष्ठानका बोर्ड सदस्य थिए । हिन्दु स्वयंसेवक संघ नेपालका स्वयंसेवक पनि थिए ।

बानेश्वर घर भएका भट्टराई पछिल्लो समय फाइजरको खोप नेपाल ल्याएर व्यवस्थापनमा सक्रिय थिए । उनलाई केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । तर, डेंगुको संक्रमण ह्वात्तै बढेको थियो ।

उनकी धर्मपत्नी रीता शर्मा भट्टराई, एक छोरा र एक छोरी छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top