रावलले मलाई चुनौती होइन माया र सम्मान दिनुभएको छ: ओली

रावलले मलाई चुनौती होइन माया र सम्मान दिनुभएको छ: ओली

७ मंसिर, काठमाडाैं ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर भीम रावलले चुनौती नदिएको बताएका छन् । मंगलबार सम्पादकहरुसँगको अन्तर्क्रियामा उनले यस्ताे बताएका हुन् ।

उनले भने, ‘रावलजीले मलाई चुनौती दिनु भएको छैन। म प्रति उहाँले मप्रति माया, सम्मान देखाउनु भएको छ ।’ उनले रावलले आफूलाई दिएको सुझावबाट प्रभावित भएको समेत बताए। ‘उहाँले सुझव दिनु भएको छ । उहाँको स्नेहपूर्ण सुझावबाट म प्रभावित छु । यो सुझाव एक खालका निकै मान्छेहरुले मन पराउने सुझाव पनि हो । मैले अध्यक्षमा नउठेर विश्राम लिए हुन्थ्यो भन्ने पनि बाहिरतिर देखिन्छ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.