मैले अध्यक्षमा उठ्ने या नउठ्ने निर्णय गरेको छैन : ओली

मैले अध्यक्षमा उठ्ने या नउठ्ने निर्णय गरेको छैन : ओली

७ मंसिर, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने वा नदिनेबारे अहिले निर्णय गरिनसकेको बताएका छन् ।

महाधिवेशनको सन्दर्भमा मंगलबार सम्पादकहरूसँग अन्तर्क्रियामा बाेल्दै ओलीले समझदारी, सहमति र एकता पार्टीमा महत्वपूर्ण भएको बताए । एमालेको अध्यक्षको रुपमा ओली नै दोहोरिने निश्चित प्राय भएको बेलामा उनले आफ्नो उम्मेदवारी टुंगो नभएको बताएका हन्। ‘मैले अध्यक्षमा उठ्ने वा नउठ्ने कुनै निर्णय गरेको छैन। उठ्ने भएँ भने अध्यक्षमा अरुलाई नउठ्न भन्दिनँ’, उनले भने।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेर भीम रावलले चुनौती नभइ आफूप्रति माया र सम्मान देखाएको ओलीले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.