प्रचण्डलाई ओलीको चुनौती : झापामा आएर महाधिवेशन गर्नुस् न

प्रचण्डलाई ओलीको चुनौती : झापामा आएर महाधिवेशन गर्नुस् न

७ मंसिर, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा आएर महाधिवेशन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिएका छन् ।

मंगलबार सम्पादक तथा सञ्चारकर्मीहरुसँग भएको छलफलमा एमाले अध्यक्ष ओलीले यस्ताे चुनाैती दिएका हुन् । एमालेले दशौं महाधिवेशन चितवनमा गर्दैछ र प्रचण्डले आफूलाई सिध्याउन एमालेले महाधिवेशन स्थल चितवन रोजेको बताएका थिए ।

त्यस भनाइलाई लक्षित गर्दै उनले भने, ‘चुनाव लड्यो भन्दैमा जिल्ला पुरै हुँदैन । उहाँ रोल्पाबाट लड्नु भयो रोल्पामा नगर्ने, काठमाडौंबाट लड्नु भयो । काठमाडौंमा नगर्ने र सिराहाबाट लड्नु भयो त्यहाँ नगर्ने । उहाँले झापामा आएर पार्टीको महाधिवेशन गर्नुहोस् ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.