युएईसँग हार्याे हङकङ, नेपाललाई फाइदा

७ मंसिर, एजेन्सी ।

आइसिसी वुमन्स टि२० विश्वकप एसिया छनोटमा घरेलु टोली युएईले हङकङलाई ११ रनले पराजित गरेसँगै नेपाललाई अघिल्लो चरणको लागि फाइदा भएको छ । सोमबार नेपाल हङकङसँग ६ विकेटले पराजित भएसँगै शीर्षस्थानमा रहेर ग्लोबल छनोटमा पुग्न हङकङले एक खेल हार्नुपर्ने समिकरण बनेको थियो ।

अव नेपालले बाँकी चारै खेलमा जित निकालेको खण्डमा शीर्ष स्थानमा ग्लोबल छनोटमा पुग्न सक्नेछ । हङकङको हारले नेपाललाई अघिल्लो चरणको यात्रा केहि सहज बनाएको छ ।

जितको लागि १ सय २९ रनको विजयी लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय १७ रनमा समेटियो । हङकङकी नताशा मिल्स ३७ बलमा ५ चौका सहित सर्वाधिक ३७ रनको योगदान दिइन् । मारिको हिल र कप्तान केरी चानले २४–२४ रन बनाइन् । युएईकी चया मुगल र इशा रोहितले २–२ विकेट लिइन् ।

त्यसअघि आइसिसी एकेडेमी दुबईमा टस हारेर पहिला ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो । युएईले इशा ओझाले २२, काभिसा इगोडागे २८ र चया मुगलले २० रनको योगदान दिए । हङकङकी केरी चानले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिइन् ।

युएईले पहिलो खेलमा मलेसियालाई ३० रनले हराएको थियो । युएईले भुटान, कुवेत र नेपालसँग खेल्न बाँकी छ । नेपालले युएईलाई हराएको खण्डमा नेटरनरेटको आधरमा शीर्ष स्थानमा रहनसक्छ । बाँकी खेलमा विशाल जितको आवश्यक देखिन्छ । नेपालले आज भुटानसँग खेल्दैछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top