×

NEPAL TIMES UPDATES

Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026

देशभरका विद्यार्थीलाई कोभिड-१९ बिरुद्धको खोपको व्यवस्था गर्छु: शिक्षामन्त्री पौडेल

७ मंसिर २०७८

७ मंसिर, काठमाडाैँ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभरका सबै विद्यार्थीहरुलाई कोभिड १९ बिरुद्धको खोपको व्यवस्था गर्ने बताएका छन् । मंगलवार मन्त्रालयमा आयोजित विद्यालय शैक्षिक सेवा प्रवाह सुधारसम्बन्धी संघीय मन्त्रालयका प्राथमिकताहरु सार्वजनिक गर्दै मन्त्री पौडेलले सबै विद्यार्थीहरुलाई कोभिड १९ बिरुद्धको खोपको व्यवस्था गर्ने बताएका हुन् ।

Advertisement
Advertisement

उनले चाँडै नै सबै पालिका, जिल्ला र प्रदेशलाई साक्षर घोषणा गर्ने मन्त्रालयको प्राथमिकता रहेको बताए । मन्त्री पौडेलले सिक्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने, अनिवार्य तथा निःशुल्क ऐन र नियमलाई प्रभावकारी बनाउने, काक्षा १२ सम्मका पाठ्य पुस्तकको छपाइ गुणस्तरीय एवं रंगीन बनाउने, अधिकतम सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको पढाइ सञ्चालनमा ल्याइने मन्त्रालयको प्राथमिकतामा रहेको बताए। उनले स्थायी शिक्षकको पदपूर्तिका लागि विज्ञापन प्रक्रिया तत्काल अघि बढाउने, समयमै सबै पाठ्यपुस्तकहरु विद्यार्थीको हातमा पु¥याउने र शिक्षक दरबन्दी मिलान कार्यलाई स्थानीय तहबाट नै शीघ्र अघि बढाउने पनि बताए । उनले हरेक स्थानीय तहमा क्रमशः कम्तिमा एउटा प्राविधिक शिक्षालय पु¥याउने योजना मन्त्रालयको रहेको बताए ।

मन्त्री पौडेलले भने, ‘केही दिन यता हामीले जानकारी लिँदा विद्यार्थीहरुले धेरै लाइन बसेर कोरोना भ्याक्सिन लगाएको, धेरै समस्या भएको पाइएको छ, हामीले मन्त्रालयको पहिलो प्राथमिकतामा नै सबै विद्यार्थीहरुलाई कोभिड १९ बिरुद्धको खोपको व्यवस्था गर्ने भनेका छौँ, त्यस्तै केही जिल्ला, पालिकाहरु शाक्षर घोषणा भइसकेका छन्, अब बाँकी पालिका, जिल्ला र प्रदेशलाई चाँडै नै साक्षर बनाउनेछौँ, सिक्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिनेछ, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन र नियमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ, कक्षा १२ सम्मका पाठ्यपुस्तकको छपाइ गुणस्तरीय एवं रंगीन हुनेछ, अधिकतम सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको पढाइ सञ्चालन गरिनेछ ।’

मन्त्री पौडेलले शिक्षक अस्पताल निर्माणको प्रक्रिया अघि बढाउने, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने तीन वर्षभित्र सबै सामुदायिक विद्यालयमा भौतिक पूर्वाधारहरु तायर गर्ने गरी श्रोत साधन परिचालन गरिने पनि जानकारी दिए । उनले शैक्षिक पूर्वाधार निर्माण एवं प्रविधि विकासमा स्वदेशी एवं वैदेशिक लगानी आकर्षित गरिने मन्त्रालयको प्राथमिकता रहेको बताए। उनले प्रत्येक पालिका, प्रदेश र राष्ट्रिय स्तरमा प्रविधिमैत्री नमुना विद्यालय स्थापना गरिने पनि बताए ।

मन्त्री पौडेलले भने, ‘शैक्षिक पूर्वाधार निर्माण एवं प्रविधि विकासमा स्वदेशी एवं वैदेशिक लगानी आकर्षित गरिनेछ, तर उनीहरु हाम्रो नियमले दिएअनुसार, संविधानले दिए अनुसार आउनुपर्छ, यदी त्यसरी नआउने हो भने हामी शैक्षिक पूर्वाधार निर्माण गर्न दिने छैनौँ ।’

Advertisement

मन्त्री पौडेलले विभिन्न आन्दोलनका घाइते, अपांग एवं द्वन्द्व पीडितलाई शैक्षिक अवसर प्रदान गरिने, विद्यालय स्तरको एसइइ र कक्षा १२ को परीक्षालाई व्यवस्थित बनाउने, शैक्षिक गुणस्तरमा सुधार ल्याउन हरेक क्षेत्रको सुक्ष्म अनुगमन गर्ने बताए । मन्त्रालयले वैकल्पिक सिकाइ र अनलाइन शिक्षा प्रणालीलाई प्रभावकारी बनाउने, निजी विद्यालयले सरकारले तोकेअनुसार छात्रवृत्ति उपलब्ध गराए, नगराएको बारे अनुगमन गर्ने, विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गराइ सञ्चालन गरे, नगरेको अनुगमन गर्ने र विद्यार्थी भर्ना संख्याका आधारमा नभइ सिकाइका आधारमा विद्यालयको उपलब्धि मापन गर्ने कुरालाई आफ्नो प्राथमिकतामा राखेको छ ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top