माओवादी नेता टंकमणीको सवारी दुर्घटनामा मृत्यु

माओवादी नेता टंकमणीको सवारी दुर्घटनामा मृत्यु

८ मंसिर, बुटवल।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि)को सवारी दुर्घटनामा परि मृत्यु भएको छ । गएराति ८ बजे दाङबाट बुटवल फर्कँदै गर्दा पूर्वबाट पश्चिम आउँदै गरेको ना ७ ख ९०६नम्बरको बसले बन्जाडे सवार लु २६प५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिई घाइते बनाएको थियो ।

५५ वर्षीय बन्जाडेको बुटवल स्थित लुम्बिनी सिटीमा उपचारका क्रममा बुधबार बिहान ६ बजे मृत्यूू भएको नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीले जानकारी दिए । दाङमा घाइते अपाङ्गको बैठकमा सहभागी भएर फर्कँदै गर्दा बुटवल जीत गढीमा दुर्घटना भएको थियो ।

सहिद स्मृति प्रतिष्ठान बुटवलका अध्यक्ष समेत रहेका बन्जाडे माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज हुन । निधनमा पार्टीले शोक सभा गरेर अन्त्येष्टि गर्ने संयोजक जिसीले बताए । अर्घाखाँची धारापानीमा जन्मिएका बन्जाडे हाल बुटवल जीत गढीमा बस्दै आएका छन् । उनको श्रीमती, १ छोरा र १ छोरी छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.