देशका विभिन्न स्थानमा हल्का वर्षाको सम्भावना

७ मंसिर ७८, बुधबार

८ मंसिर, काठमाडौँ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भए पनि अरू क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाएको छ ।

अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। हाल पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा छ । बुधवार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरूका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

यस्तै, राति पनि देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

यसैबीच, देशका प्रदेश १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै देशभर चिसो बढ्ने क्रममा समेत रहने देखिएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top