अमेरीकासँग ऋण र अनुदान सहयोग नलिने भन्ने कुरै हुँदैन : प्रचण्ड

८ मंसिर, धनगढी ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ ले अमेरीकासँग ऋण र अनुदान सहयोग नलिने भन्ने कुरै नहुने बताएका छन् । बुधबार कैलाली विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष दाहालले यस्ताे बताएका हुन् ।

अध्यक्ष दाहालले एमसीसीका सम्बन्धमा हालै अमेरिकी विदेश सहायक मन्त्री नेपाल आएका बखत यसबारेमा खुलेरै छलफल भएको बताए । उनले भने, ‘अमेरीकासँग ऋण र अनुदान सहयोग नलिने भन्ने कुरै हुँदैन । छलफल गम्भीर ढंगले चलेको छ, जनतामा उठिरहेका प्रश्नको जवाफ नदिएर ऋण अनुदान नलिने, फिर्ता लैजाउ भन्ने कसैको धारणा छैन ।’

एमसीसीकै बारेमा अध्यक्ष दाहालले गठबन्धनभित्र सुरुमा भएको ओरिजनल सहमति तिर जाने कि भन्ने चर्चा पनि भएको बताए । तर जनतामा व्यापक रुपमा चासो उठेको विषयमा दलहरू भित्र मात्र होइन, सञ्चारक्षेत्र, नागरिक समाज सवै प्रमुख दलहरूका बीचमा छलफल चलाएर अघि बढने गठबन्धनमा छलफल भएको उनले बताए । ‘एमसीसीका सम्बन्धमा लुकीछिपि केही हुँदैन,’ उनले भने ।

उनले सर्वोच्च अदालतमा देखिएको समस्याले केही दिनभित्रै समाधान हुने बताएका छन् । अदालत आफैंले समस्या समाधान गर्नु पर्ने सरकारमा रहेका गठबन्धन दलहरूको सोच रहेको बताउँदै उनले सम्भव नभए गठबन्धनको बैठक बसेर यसबारे के गर्ने भन्ने छलफल गरेर निकासका लागि पहल गरिने बताए । ‘सर्वोच्चको समस्या ठूलो समस्या हुन्छ भन्ने लागेको छैन,’ उनले भने ।

अध्यक्ष दाहालले गठबन्धन दलको संयन्त्र बनाइएको विषयमा विभिन्न टिकाटिप्पणी भइरहेको भएपनि यो संयन्त्र सरकार भन्दा माथि नभएको र गठबन्धनदलका बीच आपसी समझदारी बलियो बनाउन बनाइएको दाबी गरे ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top