सर्वोच्चमा आज २६६ मुद्दाको पेशी तोकियाे

सर्वोच्चमा आज २६६ मुद्दाको पेशी तोकियाे

८ मंसिर, काठमाडौँ।

सर्वोच्च अदालतमा आज (बुधबार) का लागि १० वटा इजलासमा २ सय ६६ मुद्दाको पेशी तोकिएको छ ।  सबै इजलास संयुक्त रहेका छन् भने जम्मा २ सय ६६ मुद्दाको पेशी चढाइएको छ ।

बन्दीप्रत्यक्षीकरणका साथै अन्य सबै प्रकारका मुद्दाहरुलाई पेशी चढाइएको अवस्थामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भने इजलाश तोकिएको छैन ।

बुधबार न्यायाधीशहरु दीपक कुमार कार्की, प्रकाश कुमार ढुंगाना, मीरा खड्का, हरिप्रसाद फुयाल, हरिकृष्ण कार्की, कुमार रेग्मी, विश्वम्भरप्रसाद श्रेष्ठ, मनोजकुमार शर्मा, बमकुमार श्रेष्ठ, कुमार चुडाल, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, प्रकाशनमासिंह राउत, नहकुल सुवेदी, सुष्मालता माथेमा, तेजबहादुर केसी र टंकबहादुर मोक्तानको इजलाश तोकिएको छ ।

ती मध्ये अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको इजलासमा ८१ वटा मुद्दाको पेशी तोएिको छ भने हरिकृष्ण कार्की र कुमार रेग्मीको इजलासमा ५३ मुद्दाको पेशी तोकिएको छ ।

यसअघि मंगलबार गोलाप्रथाबाट मुद्दाको पेशी तोक्ने सम्बन्धी राजपत्रमा सूचना प्रकाशित भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.