गुडिरहेको गाडीबाट खसेर युवतीको मृत्यु

गुडिरहेको गाडीबाट खसेर युवतीको मृत्यु

८ मंसिर, धनुषा।

धनुषाको धारापानीमा गुडिरहेको गाडीबाट खस्दा बुधबार बिहान एक किशोरीको मृत्यु भएको छ । धनुषाको धारापानी बहुमुखी क्याम्पसमा बीबीएस पहिलो वर्षमा अध्ययनरत धनुषाधाम नगरपालिका–७ भगवानपुरीकी १८ वर्षीया छात्रा पूजाकुमारी महतोको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ज ७०४९ नम्बरको विंगरको ढोका छेउबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरिक्षक प्रदीप सुवेदीले बताए । गुडिरहेको बेला ढोका छेउबाट लड्दा पूजाको टाउकोमा चोट लागेकोले घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुजाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र विंगर चालकलाई नियन्त्रणमा लिएर घटना विषयमा थप अनुन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.