८ मंसिर, झापा।
झापाको दमक नगरपालिका- ५ का टेक वहादुर कार्कीको घरकोमा तास खेलिरहेको अबस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घरधनी ४६ बर्षीय कार्की, सोही स्थानका ५१ बर्षीय कुशराज खत्री, ५४ बर्षीय सुरेश भण्डारी, ३८ बर्षीय नारायण कडरिया, ४१ बर्षीय सुर्य न्यौपाने, ४८ बर्षीय खगेन्द्र भुजेल, ४० बर्षीय खगेन्द्र राजवंशी, सोही स्थान ८ का २९ बर्षीय प्रदिप थापा र कमल गाऊपालिका ५ का ३० बर्षीय सुरेश सुव्वा रहेका छन् ।
मंगलबार बेलुका साढे ३ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई तीन बुङ तास र नगद २९ हजार ७४५ रुपैया सहित पक्राउ गरेकाे हाे ।
पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।