×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आरती स्ट्रीप्सका संचालकले ‘बन्दुक देखाएर’ अधिकृत नेपाललाई कुटे

९ मंसिर २०७८

९ मंसिर, विराटनगर ।

मोरङको बुढीगंगास्थित आरती स्ट्रीप्सका सञ्चालकले प्रशासन प्रमुख दिवस नेपालमाथी निर्घात कुटपिट गरेका छन् । बुधबार साँझ आरती स्ट्रीप्सका सञ्चालक सञ्जय सिंघलसहित भारतीय मजदुरले उनीमाथि बुधबार कुटपिट गरेका हुन् ।

Advertisement
Advertisement

कुटपिटबाट घाईते नेपालको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । आरती स्ट्रिप्सका भाइस प्रेसिडेन्ट विशाल गुप्ताले पेस्तोल देखाएको र सञ्चालक  सिंघल तथा निर्देशक एसपी बर्मासहितको टोलीले निर्घात कुटपिट गरेको पीडितको आरोप छ ।

रडले प्रहार गर्दा नेपालको टाउकोमा गम्भीर चोट लागेको छ । त्यस्तै उनको छाती र ढाँडलगायत शरीरको विभिन्न भागमा चोट लागेको देखिएको अस्पतालका चिकित्सकले बताएका छन् ।

आरती स्ट्रीप्सका संचालक सिंघलपनि घाइते रहेको प्रहरीले जनाएकाे छ । सिंघल पनि कोशी अस्पतालमा रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । उनले के कारणले घटनाको भएको हो यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाे बताए ।

Advertisement

आरती स्क्रिप्स भारतीय लगानीको उद्योग हो । यसले जस्ता पाता र पाइप उत्पादन गर्दै आएको छ । सञ्चालक सिंघलले यसअघि पनि पटक- पटक नेपाली कर्मचारीमाथि कुटपिट गरेकाे बाहिरिएकाे छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top