राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी किन ?

९ मंसिर, काठमाडाैँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले पार्टीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीवार काठमाडौंमा ‘उम्मेदवार घोषणा कार्यक्रम’ को आयोजना गर्दै नेता लिङ्देनले राप्रपाका नेता धवल शमशेर राणाको प्रस्तावलाई स्वीकार गर्दै आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

राप्रपाको महाधिवेशन आगामी मंसिर १५ गतेदेखि १७ गतेसम्म हुने तय भएको छ । उम्मेदवारी घोषणा गर्दै नेता लिङ्देनले भने – ‘साथीहरुले सल्लाह गरेर, खासगरी यो अभियानको औपचारिक रुपले प्रारम्भ गर्नुअघि नेता धवल शमशेर राणाले मलाई प्रस्ताव गर्नुभएको छ, म यसलाई सहर्ष स्वीकार गर्दै आउने १५, १६ र १७ गते जुन महाधिवेशन हुँदैछ । त्यसमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट नेतृत्व परिवर्तन हुनुपर्छ । र नयाँ नेतृत्वबाटै राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडी जानुपर्छ भन्ने आम हाम्रा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरुको समेत भावनालाई स्वीकार गर्दै आफु उम्मेदवार बन्न तयार रहेको घोषणा गर्दछु ।’

राप्रपाको ३१ वष इतिहास असफलता
पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै नेता लिङ्देनले राप्रपा खिइनु र दुब्लाउनुमा अहिलेको अवस्थाभन्दा ठाउँ नरहेको भन्दै राप्रपाको ३१ वर्षको इतिहास असफलताको इतिहास भएको बताए । पार्टी एकीकरण भएपनि अध्यक्षत्रयले पार्टीलाई नयाँ दिशा र ऊर्जा दिन नसकेकोले वर्तमान नेतृत्वबाट पार्टी अगाडी बढ्न नसक्ने बताए । आगामी महाधिवेशन पार्टीका नेता कार्यकर्ताको अग्निपरिक्षा भएको उल्लेख गर्दै उनले पार्टीमा रहेको परम्परागत गुटको अन्त्य गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।

राप्रपाले कांग्रेस र कम्युनिष्टले गर्न नसकेको काम गर्ने
पार्टी नेता तथा कार्यकर्ताहरुलाई यो नेता र त्यो नेताको मान्छे भन्ने दाग नलगाई राप्रपाको स्वाभिमानी कार्यकर्ता बनाउन चाहेको उनको भनाई छ । राप्रपाले कांग्रेस र कम्युनिष्ट पार्टीले गर्न नसकेको काम गर्ने उनले दाबी गरे । उनले भने –‘महाधिवेशन प्रतिनिधि साथीहरुलाई आव्हान गर्न चाहान्छु , राप्रपाका तमाम नेता, कार्यकर्ता साथीहरुका लागि अग्नि परिक्षा हो । हामी कुनै नेताको खल्तीको रुमाल हो की, हामी साच्चि नै राष्ट्रिय प्रजातन्त्र पार्टीको बाटोबाट राजसंस्था, हिन्दू राष्ट्रको पुर्नस्थापना चाहान्छौँ । यो हाम्रो अग्निपरिक्षा हो ।हामी ३१ वर्षदेखि राप्रपामा रहेको गुटको अन्त्य गर्न चाहान्छौँ । आफ्नो शीर माथि, आफ्नो थाप्लो माथि यो पशुपति शमशेरको मान्छे, यो कमल थापाको मान्छे, यो डा. लोहनीको मान्छे भन्ने दाग मेटाउन चाहान्छौँ की त्यही भारी बोकेर हिड्न चाहान्छौँ यो हाम्रो मौका हो । यो अग्निपरिक्षा हो । हामी हाम्रो थाप्लोबाट त्यो दाग मेटाएर हामी राप्रपाको कार्यकर्ता बनाउन चाहान्छौँ भने, राप्रपाको स्वाभिमानी कार्यकर्ता मात्र बन्न चाहान्छौँ भने यो महत्वपूर्ण र सुवर्ण अवसर हो भन्नेकुरा म साथीहरुलाई निवेदन गर्न चाहान्छु । यो नेतृत्व परिवर्तनको मुद्दाले, हाम्रो विजयले नेतृत्व परिवर्तन मात्रै हुँदैन । पार्टीमा रहेको परम्परागत गुटको पनि अन्त्य हुन्छ । नेपालको राजनीतिमा राप्रपाले नयाँ सन्देश पनि दिन्छ, कांग्रेस कम्युनिष्टमा हुन नसकेको काम हुन्छ ।’

पुस्तान्तरणको नेतृत्व राप्रपाले गर्ने
नेपाली राजनीतिमा पुस्तान्तरणको कुरा सबै पार्टी भित्र उठिरहेको भएपनि अब त्यसको नेतृत्व राप्रपाले सुरु गर्ने उनले बताए। उनले नेतृत्व लिने मात्रै होइन नेतृत्व हस्तान्तरणपनि सजिलै गर्ने व्यवस्था अघि सारेको पनि उल्लेख गरे । उनले भने – ‘हामीले राष्ट्रिय प्रजातन्त्र पार्टीमा मात्रै नयाँ नेतृत्व स्थापना गर्ने कुरा गरिराखेका छैनौँ । नेपालको राजनीतिमा अब पुस्तान्तरणको, नेतृत्व हस्तान्तरणको अभियानको समेत राप्रपाले नेतृत्व गर्नेछ । राप्रपाले एउटा इतिहासको निर्माण गर्दैछ । हामीले अहिले नेतृत्व परिवर्तनको कुरा मात्रै होईन, आगामी दिनमा समेत नेतृत्व हस्तान्तरणको सहज व्यवस्थाका कुराहरु पनि अगाडी सारेका छौँ । आज तीनवटा अध्यक्षले अध्यक्ष पद छोड्न नचाहाँदा, नयाँ नेतृत्वलाई स्वीकार गर्न नमान्दा हामी जुन हिसाबले जर्बजस्त गरिराखेका छौँ त्यही कुरा धवलजीलाई वा अरु कोही साथीलाई यो पार्टीमा अध्यक्ष हुन मन लाग्दाखेरी अहिले हाम्रो अध्यक्षत्रयले जसरी अडिन प्रयास गरिराख्नुभएको छ, र हामीले जसरी उहाँहरुलाई छुटाउन प्रयास गरिराखेका छौँ त्यो घटना नदोहोरियोस् भन्नका लागी हामीले सहज नेतृत्व हस्तान्तरणको व्यवस्था समेत मिलाएका छौँ ।’

पार्टीका अध्यक्षत्रयलाई अभिभावक बन्न आग्रह
नेता लिङ्देनले आफ्नो उम्मेदवारी कुनै नेताहरुको विरुद्धमा नभएको स्पष्ट पारे । उनले आफुलाई गौरवका साथ स्वीकार गर्न पार्टीका अध्यक्षत्रयलाई आग्रह गरे । नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर अध्यक्षत्रयलाई अभिभावकिय भुमिकामा बस्न उनले अपिल गरेका छन् । राप्रपाको भविष्यको सुरक्षाको लागि आफुले पार्टी अध्यक्षमा उम्मेदवारी दिएको उनले बताए । उनले भने – ‘हाम्रा अध्यक्षत्रयलाई आग्रह गर्न चाहान्छु यो हाम्रो उम्मेदवारी, यो राजेन्द्र लिङ्देनको उम्मेदवारी तपाईहरुको विरुद्धमा होइन, यो राप्रपा जिवित रह्यो भने, राप्रपाले निरन्तरता पायो भने मात्रै तपाईहरु यो पार्टीको अध्यक्ष हुनुहुन्थ्यो भन्ने इतिहास कायम रहन्छ । राप्रपा नै रहेन भने तपाईहरुको इतिहास कसले बोकेर अगाडी जान्छ ? आज कमसेकम त्यो इतिहासलाई हामी अगाडी लान्छौँ, तपाईहरुको विरासतलाई जोगाएर लान्छौँ भन्ने मान्छे त तपाईहरुले निकाल्नुभयो, हामीले आँट गरेका छौँ । तपाईहरुले गौरवका साथ हामीलाई स्वीकार्नुहोस् । र अभिभावकिय भुमिकामा बसिदिनुहोस् । राप्रपाका शुभेच्छुक र कार्यकर्ताहरुलाई अप्ठ्यारोमा नपार्नुस् भन्ने अपिल गर्न चाहान्छु । न यो विद्रोह हो, न यो तपाईहरुको विरुद्धको उम्मेदवारी हो । यो राप्रपाको भविष्यको सुरक्षाको पक्षमा हो । यसले कसैलाई नोक्सानी गर्दैन ।’

धवल शमशेर राणाको लिङ्देनलाई समर्थन
पार्टी अध्यक्षमा नेता लिङ्देनलाई प्रस्ताव गर्दै राप्रपाका नेता धवल शमशेर राणाले पार्टीलाई उठाउने जिम्मेवारी लिनुपर्ने भएकाले नेतृत्व परिवर्तन गर्नु आवश्यक रहेको बताए । राप्रपाको नेतृत्व परिवर्तन गरेमात्रै पार्टीको भविष्य हुने उनले बताए । उनले भने – ‘हामी के निष्कर्षमा पुग्यौँ भने हामीले नयाँ चेहेरा दिनुपर्छ । नेतृत्व परिवर्तन गर्नुपर्छ । चाहेर नचाहेर नेपाली जनताले हाम्रा नेतृत्वलाई नपत्याउने भए, अब नेतृत्व परिवर्तन गरेर अगाडी हिम्मत गरेर अगाडी बढ्नुपर्छ । पार्टीको पनि राम्रो भविष्य छ, कार्यकर्ताको राम्रो भविष्य छ । र जनताको पनि राम्रो भविष्य यो पार्टीसित छ । हामीले नयाँ सुरुवात गर्ने प्रयास गरेका छौँ । पार्टीको लागि, कार्यकर्ताको लागि मात्र होइन, देशैको लागि नयाँ सुरुवातको थालनी भइरहेको छ ।’

राजतन्त्र र हिन्दूराष्ट्रको पक्षमा जनलहर
नेता राणाले हजारौँको संख्यामा राजतन्त्र र हिन्दूराष्ट्रको पक्षमा जनलहर आएकाले राजनीतिक रुपमै राजतन्त्र र हिन्दूराष्ट्रको मुल्यमान्यतालाई स्थापित गराउनुपर्ने बताए । उनले पार्टी भित्र र बाहिर सबैले नेता लिङ्देनलाई मान्ने गरेकाले आफुहरुले अध्यक्ष पदका लागि अगाडी सारेको बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top