गाउँ-गाउँमा खोप पुर्याउन सिडिओहरुलाई स्वास्थ्यमन्त्रीको निर्देशन

९ मंसिर, काठमाडाैँ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग खोप सहजीकरण बारे छलफल गरेका छन् । बिहीवार स्वास्थ्य मन्त्री खतिवडाले नेपालका हरेक जिल्लामा कोरोनाबिरुद्धको खोप अभियानको हालको विवरणबारे जानकारी लिँदै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी र विभिन्न स्वास्थ्य विभागका अधिकारीहरुको कुरा सुनिसकेपछि मन्त्री खतिवडाले स्थानीय स्वास्थ्य निकायहरुमा जिल्लास्तरीय, प्रदेशस्तरीय स्वास्थ्य निकायहरुसँग समन्वय गरी चाँडै वडाअध्यक्ष र गाउँ पालिकाका प्रमुखहरुलाई बोलाएर छलफल गर्न आग्रह गरे । उनले गाउँहरुबाट कोरोनाबिरुद्धको खोप लगाएको तथ्यांक आउन नसकेकोले उक्त तथ्यांक उपलब्ध गराउन यसले सहयोग गर्ने बताए । मन्त्री खतिवडाले प्रमुख जिल्ला अधिकारीहरुले कोरोनाबिरुद्धको खोप लक्षित समुदायमा पु¥याउन स्थानीय रुपमा योजना बनाएर लागू गनपर्ने बताए ।

Advertisement

उनले प्रदेश र स्थानीय तहमा भण्डारण गरिएको कोरोनाबिरुद्धको खोपको मात्रा अपुग भए तत्काल केद्रिय सरकारसँग माग गर्न आग्रह गरे । स्वास्थ्यमन्त्री खतिवडाले भने , ‘मेरो सिडिओ साबहरुलाई अनुरोध र उहाँहरुमार्फत्, म के भन्न चाहन्छु भन्दा त्यहाँको स्थानीय स्वास्थ्य निकायहरुमा जिल्लास्तरीय, प्रदेशस्तरीय स्वास्थ्य निकायहरुसँग समन्वय गरेर एक÷दुई दिन भित्रैमा एउटा मिटिङ राखेर आवश्यक पर्दा त्यो ठाउँमा गाउँपालिकाका प्रमुख, सकिन्छ वडा अध्यक्ष, नभए कम्तिमा पनि स्वास्थ्य क्षेत्रका मान्छे र गाउँपालिकाका प्रमुखहरुलाई बोलाएर काम गर्नुप¥यो । एउटा डाटा संकलनमा स्थानीय तहबाट भएका खोपहरुको डाटा नआएको हुनाले ५÷१० प्रतिशत लगाएका खोपको पनि सार्वजनिक गर्न पाएका छैनौँ । काम भएको छ, डाटा बिस्तारै आउँदै गर्ला । दोस्रो कुरा अब तपाईहरुले कसरी बढी भन्दा बढी लक्षित समूहमा पु¥याउने भन्नको लागि एकपटक १५÷२० दिन मेहेनत गर्नुप¥यो । त्यसको लागि तपाईहरुलाई कति खोप चाहिन्छ भण्डारणमा हेरेर खोप कति चाहिन्छ केन्द्रमा माग गर्नुहोस् । हामी २४ घण्टा पनि फरक नपारीकन खोप उपलब्ध गराउनेछौँ । गाउँ तहसम्म खोप जानको लागि तपाईहरुले नयाँ ढंगबाट डेस्कहरु सिर्जना गनुप¥यो । अहिले हामीसँग भएका स्वास्थ्यकेन्द्र जे जति छन् त्यहाँबाट कुनै वार नभनिकन नियमित खोप उपलब्ध गराउनु प¥यो ।’

खोप गाउँसम्म पुर्याउन निर्देशन
मन्त्री खतिवडाले प्रमुख जिल्ला अधिकारीहरुलाई कोरोनाबिरुद्धको खोप गाउँ तहसम्म पु¥याउन नयाँ किसिमले सोच्न आग्रह गर्दै जिल्लामा भएका स्वास्थ्य केन्द्रबाट बार अनुसार नभइ नियमित खोप सञ्चालन गर्न निर्देशन दिए । उनले विभिन्न पार्टीले आयोजना गरिरहेका महाधिवेशन स्थलमा धेरै मानिस जम्मा हुने भएकोले उक्त स्थानमा गएर पनि खोप डेस्क सञ्चालन गरी जनतासमक्ष खोप पु¥याउन आग्रह गरे ।

Advertisement

मन्त्री खतिवडाले गाउँ÷गाउँका जनताहरुलाई खोप लगाउन आउँदो निर्वाचनमा तोकिएका निर्वाचन स्थलमा खोप केन्द्र सञ्चालन गर्नुपर्ने पनि बताए । स्वास्थ्यमन्त्री खतिवडाले भने, ‘सभा सम्मेलनन, अलिकति भीडभाड हुने ठाउँ, बस स्टपहरु, मेलापात सप्ताह, पुराण यस्ता अनेकौँ ठाउँहरु छन्, त्यो ठाउँ थाहा पाएपछि हामी त्यहाँ गएर डेस्क राखिदिन सक्छौँ, जस्तो अहिले चितवनमा सम्मेलन हुँदैछ पार्टीको चितवनमा आजै बेलुकाबाट सक्नुहुन्छ भने १०÷१५ ठाउँमा डेस्क राखिदिनुस्, मलाई लाग्छ त्यहाँ केही नभए पनि २०÷५० हजारले थप खोप सुविधा लिनेछन् । त्यस्तै अर्को पार्टीको प्रतिनिधि छान्ने अभियान चलिरहेको छ, त्यो अभियान गर्ने क्रममा हजार, दुई हजार, चार हजार मानिसहरु जम्मा भएको देखिरहेको छु मैले मतदान गर्नलाई त्यस्तो ठाउँ अझै कुनै जिल्ला बाँकी छन् भने हाम्रा स्वास्थ्यकर्मीलाई पठाउनुस् । काठमाडौंको असनतिर धेरै भीड हुन्छ त्यहाँ डेस्क राखिदिनुस्, जिल्लाको मालपोत, सिडिओ कार्यालय त्यहाँ धेरै भीड हुन्छ, त्यहाँ डेस्क राखेर खोप सञ्चालन गर्नुहोस् ।’

खोप लगाउन छुटेका सबैलाई खोप लगाइने
सरकारले अब १८ वर्षभन्दा माथिका कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका सबैलाई खोप लगाउन थालिसकेको छ । यस्तै खोप लगाउन छुटेका सबैलाई खोप केन्द्रमा गई खोप लगाउन सरकारले आह्वान पनि गरेको छ । अहिलेसम्म कूल जनसङ्ख्याको ३० प्रतिशत जनसङ्ख्यालाई पहिलो मात्रा र २६ प्रतिशत जनसङ्ख्यालाई दोस्रो मात्राको खोप प्रदान गरिएको छ । सरकारले आगामी पुस मसान्तभित्र दुई तिहाई र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top