प्रदीप यादव जसपा केन्द्रीय सदस्यबाट निलम्बित

९ मंसिर, काठमाडौँ।

Advertisement

जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय सदस्यबाट प्रदीप यादवलाई निलम्बन गरेको छ ।

केन्द्रीय कार्यकारिणी समितिको बिहीबारको बैठकले तत्कालका लागि केन्द्रीय सदस्यबाट यादवलाई निलम्बन गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

Advertisement

यादवमाथि अध्यक्ष उपेन्द्र यादवविरुद्ध गतिविधि गरेको आरोप छ । मन्त्री नबनाएको भन्दै यादव निकट नेता कार्यकर्ताले पार्टी अध्यक्षविरुद्ध नाराबाजी गर्नुका साथै पुत्ला जलाएका थिए ।

पार्टीको झण्डा जलाउन संलग्न भएको आरोप समेत छ । सांसद यादवले आरोप अस्वीकार गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top