न्यायालयमा देखिएको समस्याबाट नपन्छिन प्रधानमन्त्रीलाई बारको आग्रह

९ मंसिर, काठमाडाैँ ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायालयमा देखिएको समस्याबाट नपन्छिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । बिहीवार नेपाल बार एसोसिएसनको नेतृत्वमा विभिन्न संघसंस्थाहरुले गरेको ‘बालुवाटार न्याय मार्च’ लाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवा न्यायालयमा देखिएको समस्याबाट पन्छिन नमिल्ने बताए ।

जबरालाई संरक्षण गर्न खोजिए जनतामाथि अन्याय हुन्छः चण्डेश्वर श्रेष्ठ

उनले प्रधानमन्त्री देउवालाई संवैधानिक दायित्व निर्वाह गर्न पनि आग्रह गरे । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संरक्षण गर्न खोजिए जनतामाथि अन्याय हुने भन्दै उनले संवैधानिक सर्वोच्चता कायम राख्नका लागि कदम चाल्न माग गरे । उनले भने – ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई हामी अनुरोध गर्न चाहान्छौँ, तपाईँले संवैधानिक दायित्व निर्वाह गर्नुस् । तपाईँ पन्छिने काम नगर्नुस् । तपाईँले हिजोको दिनमा संरक्षण गर्न खोज्नुभएको हो भने यो जनतामाथिको अन्याय हुन्छ । जनतामाथिको अन्याय टुलुटुलु हेरेर बस्ने नेपाल सरकारको काम होईन । व्यवस्थापिकाको काम होईन । यो काम नहोस् । संविधान अनुसारको संवैधानिक सर्वोच्चता कायम राख्नको लागि कदम चालियोस् ।’

प्रधानन्यायाधीश जबराले न्याय सम्पादन गर्ने अवस्था छैन

त्यस्तै वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यले प्रधानन्यायाधीश जबराले न्याय सम्पादन गर्ने अवस्थाको समाप्ती भइसकेको बताए । आफुहरु स्वार्थको लागि लडाइँ नलडेको भन्दै उनले जनतालाई स्वतन्त्र र निर्भिक रुपमा न्याय प्राप्त गराउने उद्देश्यले आन्दोलनमा उत्रिएको उनले बताए । उनले भने– ‘हाम्रो स्वार्थको लागि यो लडाइँ होइन, यो हाम्रो जनताको लागि स्वच्छ, स्वतन्त्र र निर्भिक रुपमा न्याय प्रदान होस् भनेर त्यो उद्देश्य हासिल गर्नलाई हामी सबै न्यायकर्मीहरु र पेशाकर्मीहरु आफ्नो आफ्नो आम्दानीको माया मारेर आफ्नो पेशालाई स्थगन गरेर हामी आन्दोलनमा उत्रेको हौँ । यसमा हाम्रो एकयबद्धता रहन्छ । अब प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले सर्वोच्च अदालत फर्केर प्रधानन्यायाधीश भएर न्याय सम्पादन गर्ने अवस्थाको समाप्ती भइसकेको आज यहाँबाट म घोषणा गर्न चाहान्छु ।’

वकिलहरुको नारा: न्यायालय कि अन्यायालय ?

न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचारविरुद्ध भनी निरन्तर आन्दोलन गरीरहेको नेपाल बार एसोसिएसनको नेतृत्वमा बिहीवार सर्वोच्च अदालत परिसरदेखि बालुवाटारसम्म ‘बालुवाटार न्याय मार्च’ गरिएको हो । न्याय मार्चमा नेपाल पत्रकार महासंघ, बृहत नागरिक आन्दोलन, नेपाल शिक्षक महासंघ, आदिवासी, जनजाति महासंघ, नेपाल इञ्जीनियर्स एसोसिएसन लगायतको सहभागिता रहेको थियो ।

मार्चपासमा न्यायालय कि अन्यायालय, संसद खोल चोलेन्द्रलाई महाअभियोग लगाउ, न्याय किनबेच बन्द गर, के संसदको काम सुतिरहने हो, निःशुल्क न्या जनताको अधिकार न्यायालय चाहान्छ लेखिएको प्लेकार्ड प्रदर्शन गरिएको थियो । मार्चपासमा स्वतन्त्र न्यायपालिका कायम गर, विधिको शासन कायम गर, सम्पूर्ण पेशाकर्मी एक हौँ, भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे भनि नाराबाजी समेत गरिएको थियो । त्यसैगरी न्यायालयमा विकृति, विसंगति भएको विषयलाई समेट्दै संक्षिप्त चेतनामुलक सडक नाटक पनि प्रस्तुत गरिएको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top