कांग्रेसमा महामन्त्रीका आठ आकांक्षी

९ मंसिर ७८, शुक्रबार

काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशन सन्निकट छ । कांग्रेसले महाधिवेशनमार्फत वडादेखि केन्द्रसम्म नै नयाँ नेतृत्व चयन गर्दै छ । कांग्रेसको केन्द्रीय तहमा सभापतिपछि प्रभाव राख्ने पद महामन्त्रीमा अहिलेसम्म आठ जनाले उम्मेदवार बन्ने तयारी गरेका छन् ।

कांग्रेस विधानमा दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ । सो दुई पदका लागि पार्टीभित्रका फरकफरक गुटबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । महामन्त्री पदमा कांग्रेसको हालको संस्थापन समूह अर्थात् सभापति शेरबहादुर देउवानिकट समूहबाट बालकृष्ण खाँण, रमेश लेखक, डा। प्रकाशरण महत, विश्वप्रकाश शर्मा र एनपी साउद भिड्ने तयारीमा छन् ।

खाँण हाल सरकारमा गृहमन्त्रीसमेत छन् भने शर्मा कांग्रेस प्रवक्ता हुन् । यो समूहबाट देउवाले आफ्नो टिममा यी नाममध्ये दुई जना छान्ने सम्भावना रहन्छ । तर, कसलाई छान्नेछन् भन्ने तय भएको छैन । यसैगरी, संस्थापनइतर समूहबाट डा। मिनेन्द्र रिजाल, गगन थापा, प्रदीप पौडेलले महामन्त्रीका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

रिजालइतर समूहअन्तर्गत वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालानिकट मानिन्छन् । उनी हाल सरकारमा रक्षामन्त्रीसमेत छन् । यसैगरी, थापा र पौडेल नेता कृष्णप्रसाद सिटौला समूहसँग निकट मानिँदै आएका छन् ।

अन्तिम समयसम्म आकांक्षी अझै बढ्ने सम्भावना पनि छ । नेता थापाले आफ्नै निर्वाचन क्षेत्र काठमाडौं–४ मा ३० भदौमा आयोजित एक कार्यक्रममा महामन्त्रीमा उठ्ने घोषणा गरेका थिए । यसैगरी, शर्माले संस्थापक नेता बीपी कोइरालाको १०८औं जन्मजयन्तीको अवसर पारेर २४ भदौमा सुन्दरीजलस्थित बीपी संग्रहालयमा आयोजित कार्यक्रममा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

नेता पौडेलले भने आफ्नै निर्वाचन क्षेत्र तनहुँ २ को शुक्लागण्डकी नगरपालिका–८ मा आयोजित एक कार्यक्रममा केही समयअघि उम्मेदवारी घोषणा गरेका थिए ।,याे समाचरा राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top