मनकामना मन्दिरका पुजारीको हृदयघातबाट मृत्यु

१० मंसिर ७८, शुक्रबार
Share this
684shares

१० मंसिर, गाेरखा।

Advertisement

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पर्व पूजाका लागि गुठी संस्थानबाट खटिइ आएका एक गुर्जु (पुजारी) को हृदयघातबाट मृत्यु भएको छ । हरेक वर्षमा दुईपटक मनकामना मन्दिरमा लाग्ने पर्व पूजाका लागि आएका काठमाडौँ महानगरपालिका–४ बल्खु का रत्नराज बज्राचार्यको आकस्मिक रुपमा हृदयघातबाट गए राति निधन भएको मनकामनाका स्थानीयवासी दिनेश जोसीले जानकारी दिए ।

उनले मनकामनाको एक होटलमा बास बसेका पुजारी बज्राचार्यको राति १० बजे स्वास्थ्यमा समस्या आएको र केही क्षणमा नै मृत्यु भएको बताए । घटनाको जानकारी पाएलगत्तै प्रहरीको एक टोली अनुसन्धानका लागि मनकामना पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top