एमाले महाधिवेशनको उद्घाटनसत्र सुरु

१० मंसिर, काठमाडौं ।

Advertisement

नेकपा एमालेको जारी १० औं महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ । चितवनको नारायणी नदी किनारमा १० औँ महाधिवेशनको उद्घाटन कार्यक्रम सुरु भएको कार्यक्रम सञ्चालक तथा सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

कार्यक्रम स्थलमा शीर्ष नेताहरू मुख्य मञ्चमा उपस्थित भइसकेका छन् । अध्यक्ष केपी शर्मा ओलीले मञ्चमा आउने क्रममा रहेको बताइएको छ ।

Advertisement

महाधिवेशन उद्घाटनसत्रका लागि नारायणी नदी किनारलाई झकिझकाउ बनाइएको छ। भव्य मञ्चले नारायणी नदीको स्वरूप फेरिएको छ।  एमालेका झन्डा, ब्यानर र बोर्डहरूले नदी किनार भरिभराउ छ। नेता कार्यकर्ताको चहलपहल बढिरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top