१० मंसिर, चितवन ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेको १०औं महाधिवेशनस्थल आइपुगेका छन्। महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्न देउवा शुक्रबार दिउँसो चितवनको भरतपुर (नारायणी नदी किनार)मा आइपुगेका हुन्। देउवालाई एमालेका नेता/कार्यकर्ताहरुले स्वागत गरेका छन्।
प्रधानमन्त्री देउवाले एमालेको १०औं महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्नेछन्। एमालेले १०औं महाधिवेशनको उद्घाटन सभाका लागि प्रमुख राजनीतिक दलका नेताहरुलाई आमन्त्रण गरेको छ।