नेपालको जनसंख्या ३ करोडसम्म पुग्न सक्ने अनुमान, जन्मदर घट्यो

१० मंसिर, काठमाडाैँ ।

राष्ट्रिय जनगणना २०७८ सम्पन्न भएको छ । कात्तिक २५ गतेदेखि सुरु गरेको जनगणना मंसिर ९ गते सम्पन्न भएको हो । कालापानी र लिम्पियाधुराबाहेकका ठाउँमा जनगणना सङ्कलन कार्य सकिएको छ ।

यसपटकको जनगणनामा ४० हजार गणक र ८ हजार सुपरीवेक्षक खटिएका थिए । कालापानी र लिम्पियाधुरा क्षेत्रका नाभिडाङ, गुन्जी, नाभी, कुटीलगायत गाउँको जनगणना गर्न भने बाँकी छ । त्यहाँ भारतीय सुरक्षाकर्मी तैनाथ गरिएका कारण त्यहाँ गणकलाई पठाउन जोखिम भएको हो । तर, त्यस क्षेत्रमा कसरी जनगणना गर्ने भन्ने बारेमा आन्तरिक छलफल गरेर निर्णय गर्ने विभागको तयारी छ ।

यसपटकको गणनामा नेपाली महिलाको सन्तान उत्पादन दर घट्दो क्रममा रहेका कारण जनसंख्या वृद्धिदर अपेक्षित नहुने देखिएको छ । केन्द्रिय तथ्यांक विभागका अनुसार बिहीवार सप्पन्न जनगणना अनुसार नेपाली महिलाले औसतमा दुई सन्तान जन्माउने गरेको पाइएको छ । २०६८ सालको प्रक्षेपण अनुसार २०७८ सालसम्म एक महिलाबाट औसतमा २.१ जना सन्तान जन्मनुपर्ने थियो । तर, जनगणनाबाट औसत २ जना मात्र सन्तान जन्मने गरेको देखिएको बिभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार सन्तान उत्पादन दर प्रदेश नम्बर २, कर्णाली र सुदुरपश्चिममा औसतभन्दा धेरै र बागमतीमा औसत भन्दा कम भएको पाइएको छ । बागमतीमा औसत एक महिलाबाट १.४ जना सन्तान जन्मिएका छन् । यस आधारमा नेपालको जनसंख्या २ करोड ८० लाख देखि ३ करोडको बीचमा मात्र रहने अनुमान गरिएको श्रेष्ठले बताए ।

उनका अनुसार जनसंख्याको प्रारम्भिक नतिजा तीन महिनामा प्राप्त हुने छ । पुरै नतिजा आउन भने दुई वर्ष लाग्ने भएको छ । यसैविच विशेष कारणवश गणनामा सहभागी हुन छुटेको भए ११७८ नम्बरमा फोन गरेर तथ्याङ्क टिपाउन विभागले आग्रह गरेको छ । मंसिर मसान्तसम्ममा सबै जिल्लाबाट जनगणनासहितको विवरण भरिएको प्रश्नावली केन्द्रमा ल्याइने विभागले जनाएको छ । लिपुलेक क्षेत्रका छाङरू र तिङ्कर गाउँको पनि जनगणना भएको छ । भारतले उसको भूमि हुँदै त्यहाँ जान नदिए पछि गणकहरु जोखियुक्त नेपाली बाटो हुँदै त्यहाँ पुगेका थिए । सडक सञ्जाल अप्ठ्यारो र सुरक्षाको हिसाबले जोखिमपूर्ण भएकाले विभागले उनीहरुलाई बिहीबार हेलिकप्टरमार्फत त्यहाँबाट फर्काइएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top