देउवाकै अघि ‘बादल’काे भाषण- देश जनादेशबाट होइन, ठाडो अध्यादेशबाट चलिरहेको छ

१० मंसिर, काठमाडौं ।

नेकपा (एमाले)का नेता रामबहादुर थापा ‘बादल’ले देश ठाडो अध्यादेशबाट चलिरहेको बताएका छन् । शुक्रबार एमालेको १०औं महाधिवेशनको स्वागत मन्तव्य राख्दै नेता ‘बादल’ले जनताको जनादेशबाट नभइ ठाडाे अध्यादेशबाट चलिरहेको बताए ।

महाधिवेशन कार्यक्रममा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि पनि उक्त कार्यक्रममा उपस्थित छन् । नेता बादलले प्रधानमन्त्री देउवाकै सामु देश संसद अस्तव्यस्त भएको र न्याय व्यवस्थालाई सेटिङबाट भताभुङ्ग पारिएको बताए।

‘बादल’ले बाेलेका छाेटाे अंश

अहिले जनताको जनादेश होइन, ठाडो अध्यादेशबाट देश चलिरहेको छ । आज राष्ट्र अध्यादेशमार्फत संचालन भइरहेको छ । देशको व्यवस्थापिका संसद अस्तव्यस्त छ । मुलुकको न्याय व्यवस्थालाई सेटिङबाट भताभुङ्ग पारिएको छ । देशलाई पुन :अस्थिरता अशान्ति र कुशासनको तर्फ धकेलिएको छ । आज लोकतन्त्र, राष्ट्रियता, संघीयता र जनजिविका अत्यन्तै जोखिममा परेको छ । आज मुलुकको राजनीति स्पष्ट दुई ध्रुवमा विभाजित भएको छ । एकातिर अग्रगमन समाजवादका पक्षधरहरु र अर्कोतिर पश्चगमन र दलालहरु पुँजिवादका अस्तव्यस्त । अर्कोतिर देशभक्त र वामपन्थी शक्तिहरु अर्कोतर्फ अन्तर्राष्ट्रियवादीहरु, आत्मसमर्पणवादीहरु दक्षिणपन्थीवादीहरु ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top