×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

नविल बैंकले सुरु गर्याे सामाजिक उद्यमशीलता विकास कार्यक्रम

१० मंसिर २०७८

१० मंसिर, काठमाडाैँ ।

नबिल बैंकले सामाजिक उद्यमशिलताको लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सुरु गरेको छ । बैंकले शुक्रबार त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रम गरी त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय स्कुल अफ म्यानेजमेन्टसँग कार्यक्रमको सम्झौता गरेर सरुवात गरेको छ ।

Advertisement
Advertisement

बैंकले सुरु गरेको सामाजिक उद्यमशिलता कार्यक्रमले समाजमा उद्यमशिलताको माध्यमबाट सामाजिक समस्याको दिर्घकालिन समाधान गर्ने उदेश्य लिएका बताएको छ । यस कार्यक्रम मार्फत बैंकले स्थानिय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासको लागि आवश्यक सिप र वित्तिय सहयोग प्रदान गर्ने बताइएको छ ।

नबिल बैंकले प्रत्येक वर्ष ७ सय विद्यार्थीलाई उद्यमी बनाउने

त्यस्तै यस कार्यक्रम अन्तर्गत सामाजिक उद्यमशीलता प्रमाणपत्र र फेलोशिप कार्यक्रम गरी दुई किसिमका रहेका छन् । जस मध्ये पहिलो चरणमा सातै प्रदेशको एक–एक वटा क्याम्पसँग सम्झौता गरेका नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए । कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेश वा विश्वविद्यालयसँग सहकार्य गरी वार्षिक ७०० विद्यार्थीलाई सामाजिक उद्यमी बन्न बैंकको सहयोग हुने बताए। उनले भने,‘नविल बैंकले यो कार्यक्रम सुरुवात गर्नुको लक्ष्य प्रत्येक एक वर्षमा सात सय नेपाली युवालाई सामाजिक उद्यमको प्रमाण पत्र दिने हो,यसरी हरेक प्रदेशमा एक सय समाजिक उद्यमी उत्पान गरी प्रमाण पत्र दिएर प्रत्येक वर्षमा ७ सय विद्यार्थी सामाजिक एद्यमी बन्ने अवसर सृजना गर्ने छौं,फेलोसिप कार्यक्रम आवासीय तालिम हो।’

प्रमुख अधिकृत शाहले नविलको एसएसई कार्यक्रमको दुबै कोर्ष पुरा गरेको व्यक्ति उद्यमशीताको स्पष्ट सोच विकास गरी नयाँ सामाजिक उद्यमको मोडल गर्दै बैंकबाट ऋण लिएर सामाजिक उद्यम सुरु गर्ने अपेक्षा बैंकको रहेको बताए । उनले नविल बैंक स्थापना कालदखि नयाँ–नयाँ कामको सुरुवात गर्ने बैंक बन्दै गएको बताए । प्रमुख अधिकृत शाहले भने,‘ नविल बैंक नेपाल बैंकबाट ग्राहकलाई सेवा दिने बैंक,एटिम कार्डबाट कारोबार गरी डिजिटल बैंकिङ सुरु गर्ने बैंक हो, यसरी बैंकिङ क्षेत्रमा जति पनि नयाँ कामको थालनी नविल बैंकले गरेको छ, त्यसपछि मात्रै अन्य बैंकले सुरुवात गर्दछन्, यो कार्यक्रमको पनि नविल बैंकले सुरुवात गरेको छ,अन्य बैंकले पनि नविल बैंकको कार्यक्रम जस्तै सामाजि उद्यम कार्यक्रम सुरुवात गर्दा सामाजिक क्षेत्रको विकास थप सहयोग पुग्ने छ ।’

१८ देखि ५० वर्षभित्रका व्यक्तिलाई अवसर

Advertisement

कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुवात गर्न सहयोग गर्न लक्ष्य राखेको छ । यस कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तोकिएको मापदण्ड अनुसार निवेदन दिन सक्नेछन् । तालिम अविधमा खान बस्ने सबै सुविधा उपलब्ध हुने बैंकले बताएको छ । उक्त कार्यक्रम सात प्रदेश मध्ये प्रदेश १ मा महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पस, प्रदेश २ मा विरगन्ज पब्लिक कलेज, बागमती प्रदेशमा काम्पिएन कलेज, गण्डकीमा पोखरा विश्वविद्यालय, कर्णालीमा सुर्खेत मोडल कलेज र सुदुर पश्चिमाञ्चलको सुदुर पश्चिमाञ्चल एकेडेमीसँग सम्झौता गरेको छ । अब नविलको सात प्रदेशको यी कलेजमा सामाजिक उद्यमशीता कार्यक्रम पढाई हुने छ ।

भर्खरको समाचार

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

सम्बन्धित खबरहरु

Scroll to Top