थप ३०८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

१० मंसिर, काठमाडौं ।

Advertisement

नेपालमा पछिल्लो २४ घण्टामा थप ३०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ सय ४ जनाको पीसीआर परीक्षण गर्दा २८१ जना र १ हजार ८ सय ५ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी ३०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको  छ ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने २९८ जना निको भएका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ७०९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ भने ८ लाख १ हजार ४२० जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३४९ जना रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top