एमाले सचिव भीम आचार्यलाई कोरोना संक्रमण

एमाले सचिव भीम आचार्यलाई कोरोना संक्रमण

काठमाडौँ : नेकपा एमालेका सचिव भीमप्रसाद आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । पार्टीको १०औं महाधिवेशनका लागि चितवन जाने क्रममा काठमाडौं विमानस्थलबाट नै उच्च ज्वरो आउन थालेको र बिहान स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको उनले फेसबुकमा लेखेका छन् ।

उनले आफूलाई कोरोना भएपछि फेसबुकमा लेख्दै महाधिवेशनलाई सफलताका साथ सम्पन्न गर्न शुभकामना दिएका छन् । उनले सक्षम र एकताबद्ध नेतृत्व आवश्यक रहेको समेत जनाएका छन् ।

आचार्यले लेखेका छन्, ‘हिजो म चितवन आउने क्रममा काठमाडौं एयरपोर्टबाट ज्वरो आउन सुरु गरेको र आज बिहान गरेको स्वाब परीक्षणमा कोभिड पोजिटिभ देखिएको छ। यही कारणले म आज उद्घाटन समारोहमा उपस्थित हुन नसक्ने दुर्भाग्यपूर्ण अवस्था सिर्जना भयो ।’

कोरोना देखिएपछि महाधिवेशनमा सहभागी हुन नपाए पनि नेता आचार्यले महाधिवेशनले एकताबद्ध नेतृत्व निर्माण गर्नेमा विश्वास व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘पार्टीको दसौं महाधिवेशनको उद्घाटन समारोह भव्यताका साथ सफल बनाउनु हुने सम्पूर्ण नेता/कार्यकर्ता र जनसमुदायलाई हार्दिक बधाइ ज्ञापन गर्दछु ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.