×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

राप्रपा महाधिवेशनः केन्द्रीय समिति १९९ सदस्यीय, सात पदाधिकारी निर्वाचनबाटै चुनिने

११ मंसिर २०७८

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष मात्रै निर्वाचन प्रक्रियाबाट चुन्ने गरेकोमा ३१ वर्षको इतिहासमा पहिलोपटक अध्यक्षबाहेकका पदाधिकारी पनि महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रियाबाटै चुन्ने भएको छ ।

राप्रपाले बिहीबार पार्टीको विधानमा गरिएको संशोधनलाई केन्द्र्रीय कार्यसम्पादन समितिको बैठकबाटै पारित गर्दै अध्यक्षबाहेकका सात पदाधिकारी निर्वाचन प्रक्रियामार्फत चुन्नेगरी विधानमा व्यवस्था गरेको हो । कार्यसम्पादन समितिबाट पारित विधानअनुसार राप्रपाको केन्द्रीय समिति १ सय ९९ सदस्यीय हुनेछ ।

Advertisement
Advertisement

राप्रपा नेता मोहन श्रेष्ठले संशोधित विधान केन्द्रीय कार्यसम्पादन समितिबाट पारित भएको र पारित विधानअनुसार अध्यक्षसहित सात पदाधिकारी निर्वाचनमार्फत चुन्ने व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार संशोधित विधानलाई आगामी महाधिवेशनबाट अनुमोदन गरिने छ भने अनुमोदनपछि यही महाधिवेशनबाट लागू गरिने छ ।

राप्रपाको केन्द्रीय नेतृत्व चयन गर्ने प्रक्रियाका लागि १५ देखि १७ मंसिरसम्म काठमाडौंमा महाधिवेशन हुँदै छ । राप्रपाको बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिबाट पारित विधानको मस्यौदामा केन्द्रीय समितिका अध्यक्ष, एक महिलासहित ३ जना उपाध्यक्ष, एक महिलासहित ३ महामन्त्री निर्वाचनबाट चयन हुने व्यवस्था छ ।

राप्रपा नेता निरञ्जन थापा नेतृत्वको विधान संशोधन सुझाव समितिले तयार गरेको विधान संशोधनको मस्यौदा परिमार्जनसहित पारित गरिएको हो ।

सो विधानअनुसार राप्रपाको केन्द्रीय समितिमा एक जना अध्यक्ष, ६ जना उपाध्यक्ष, ६ महामन्त्री, १ जना कोषाध्यक्ष, प्रवक्ता, सहायक प्रवक्ता, ७ जना सहमहामन्त्री, ७ जना सहायक महामन्त्री र एक जना सहायक कोषाध्यक्षसहित केन्द्रीय सदस्यसमेत गरी १ सय ९९ सदस्यीय कार्यसमिति हुने भएको छ । तर, प्रवक्ता र सहायक प्रवक्ताको संख्या भने उल्लेख छैन ।

Advertisement

केन्द्रीय समितिमा ७५ प्रतिशत अर्थात् १ सय ४९ जना भने निर्वाचन प्रक्रियाबाट चयन हुनेछन् । निर्वाचनबाट चयन हुने केन्द्रीय सदस्यमध्ये ३३ प्रतिशत अर्थात् ४९ जना महिला हुनेछन् भने बाँकी सय जना पुरुष हुनेछन् ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top