एमालेको कुम्भमेला र हाम्रो विचार निर्माण अभियानबीच तुलना हुनै सक्दैन : प्रचण्ड

११ मंसिर, काठमाडौँ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको दसौं महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिएका छन् । शनिबार पालिका अधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै दाहालले एमाले महाधिवेशनमा विचार र बहसलाई कुनै ठाउँ नदिइएको  बताए ।

दाहालले पार्टीमा विचारको विकासका लागि बहस गर्नुपर्ने र संगठित संरचना चुस्त पार्नुपर्ने बताए । आफ्नै निर्वाचन क्षेत्रमा आयोजित एमालेको दसौं महिधवेशनलाई शुभकामनासम्म दिन नगएका दाहालले आलोचना गरेका हुन् ।

उनले भने, ‘हिजो हामीले कुम्भमेलाजस्तो मेला देख्यौं । जहाँ विचार र बहसलाई कुनै ठाउँ छैन । त्यहाँ जनतालाई भ्रम दिने ध्यान मात्रै छ,’ दाहालले भने । उनले एमालेको महाधिवशेनलाई ‘तथाकथित’ भएको बताए ।

राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीले विचारको बहसलाई प्राथमिकता दिने दाहालको भनाइ थियो । ‘तथाकथित महाधिवेशन भइरहेका छन् । ती सबैभन्दा भिन्न हामी विचार, राजनीतिक लाइन, संगठनात्मक कार्यदिशाका साथै हाम्रो कार्यशैली र आचार व्यवहारलाई प्राथमकिता दिने सम्मेलन गर्दैछौं,’ उनले भने ।

एमालेको महाधिवेशन र माओवादीले आयोजना गर्न लागेको राष्ट्रिय सम्मेलनमा कुनै तुलना हुन नसक्ने दाहालको भनाइ थियो ।  ‘अरुका तथाकथित अधिवशेन र हाम्रो विचार निर्माण, विचार विकास र विचार संश्लेषणको, सम्मेलनको कुनै तुलना हुन सक्दैन ‘, उनकाे भनाइ छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top