कांग्रेस कमजोर हुँदा देशको प्रजातान्त्रिक प्रणाली खल्बलिन्छ : प्रकाशमान सिंह

कांग्रेस कमजोर हुँदा देशको प्रजातान्त्रिक प्रणाली खल्बलिन्छ : प्रकाशमान सिंह

११ मंसिर, काठमाडाैँ ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान पार्टी नेतृत्वले निर्वाचन बाट कांग्रेसलाई ३० सिटमा सिमित गराएको भन्दै यसपटक नेतृत्व परिवर्तन गर्न नसके पार्टीलाई आगामी दिनमा गाह्रो हुने बताएका छन् ।

शनिवार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति सभापति पदका उम्मेदवार कृष्ण बानियाँ(सबुज) समुहको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले कांग्रेस कमजोर हुँदा देशको प्रजातान्त्रिक प्रणालीपनि खल्बल्लिने बताए।

उनले भने – ‘केन्द्रको नेतृत्व यदी हामिले परिवर्तन गर्न सकेनौँ भने १३ औँ महाधिवेशनबाट निर्वाचित पार्टी सभापतिको नेतृत्वमा १६५ मा ३० सिटमा झरेको पार्टी, अब फेरी हामिले सन्देश राम्रोसँग ग्रहण गरेर जनताले चाहे अनुसारको नेतृत्व परिवर्तन गर्न सकेनौँ भने कांग्रेसलाई आउँदो दिन गाह्रो हुन्छ । कांग्रेस कमजोर भयो भने त नेपालको प्रजातान्त्रिक प्रणाली पनि खल्बल्लिन सकिने रहेछ भन्ने हालसालको राजनीतिक घटनाक्रमबाट निचोड निकाल्न सकिन्छ ।’

कांग्रेस काठमाडौं जिल्ला समितिमा नेताहरु थापा र श्रेष्ठको समर्थनमा सभापति कृष्ण बानियाँ(सबुज), उपसभापतिहरु राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवहरु गोविन्द पुडासैनी र इन्द्रबहादुर थापा लगायतको कार्यसमितिको उम्मेदवारी घोषणा गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.