×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

राखेप सदस्य सचिवमा दीपक विष्टसहित १८ जनाको आवेदन

११ मंसिर २०७८

११ मंसिर, काठमाडौँ।

नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव पदका लागि कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टसहित १८ जनाको आवेदन परेको छ ।

Advertisement
Advertisement

युवा तथा खेलकुद मन्त्रालयले सदस्य सचिव पदको लागि एक साताअघि दर्खास्त आह्वान गरेको थियो । दर्खास्त दिने अन्तिमदिन शुक्रबारसम्म थियाे । खेलकुदलाई सही ढंगले अगाडी बढाउन सक्छु भन्ने हेतुले आफुले आवेदन दिएको दीपक बिष्टले बताए ।

उनले भने, ‘एउटा खेलाडीको रुपमा मैले खेलकुदको बास्तविकता धेरै बुझेको छु । खेलकुदमा ३० वर्ष खेलाडी र प्रशिक्षक भएर बिताए । मलाई व्यवस्थापकको रुपमा खेलकुदमा अझै राम्रो र प्रभावकारी काम गर्न सक्छु भन्ने लाग्छ । खेलकुद नै मेरो जीवन हो । खेलकुदमै अझै केही गर्न मन छ ।’

विष्ट नेपाललाई दक्षिण एसियाली खेलकुद (साग) मा लगातार चार स्वर्ण दिलाउने कीर्तिमानी खेलाडी हुन् । उनी ओलम्पिकमा छनोट यात्रा तय गरेर सहभागी हुने नेपालका दोस्रो तेक्वान्दो खेलाडी पनि हुन्।

तेक्वान्दो खेलाडी विष्टसँगै सदस्य सचिव पदका लागि आवेदन दिनेहरुमा डा.अच्युत लामिछाने, आरके विष्ट, रविराज कर्णिकार, ममता श्रेष्ठ, मानबहादुर गुरुङ, सुदिल शाही, टंकलाल घिसिङ, विनोदकुमार यादव, भरत महर्जन, देवराज चौलागाई, राजकुमार कार्की, दिलकुमारी नेपाल, जगतमान श्रेष्ठ, सिद्धार्थ लामा, भरत चालिसे, छुम्बी लामा र सुनिल नकर्मी छन् ।

सरकार परिवर्तनसँगै रमेशकुमार सिलवाल सदस्य सचिवको पदबाट बर्खास्त भएपछि युवा तथा खेलकुद मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत नयाँ सदस्य सचिव नियुक्तिका लागि दर्खास्त आह्वान गरेको थियो । आवेदन दिनेलाई युवा तथा खेलकुद मन्त्रालयद्वारा गठित छनोट समितिले आइतबार आफ्नो भावी कार्ययोजना र कार्यक्रम प्रस्तुतिका लागि मन्त्रालय बोलाएको छ ।

याँ राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएपछि दोस्रो पटक खुला छनोट प्रक्रियाबाट राखेपको सदस्य सचिव छनोट गरिन लागिएको हो । नयाँ ऐन अनुसार एक वर्षअघि खुला छनोट प्रक्रियाबाट तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले रमेशकुमार सिलवाललाई पहिलो पटक राखेप सदस्य सचिव नियुक्त गरेको थियो । त्यतिबेला पनि २७ जनाले आवेदन दिएका थिए ।

सदस्य सचिव छनोटका लागि युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले मन्त्रालयका सहसचिव कमलप्रसाद पोखरेलको संयोजकत्वमा कमला ज्ञावली र हरिबहादुर श्रेष्ठसहित तीन सदस्यीय छनोट समिति गठन गरेका छन् ।

Advertisement

यही समितिले आवेदन परेका मध्येबाट एक महिला (अनिवार्य) सहित तीन जनाको नाम सिफारिस गर्नेछ । छनोट समितिले गरेको सिफारिसको आधारमा युवा तथा खेलकुद मन्त्रीले मन्त्रिपरिषद् बैठकमा सदस्य सचिवको प्रस्ताव लगेर अनुमोदन गरिने व्यवस्था छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top