पाँच घण्टापछि सुरु भयो एमाले महाधिवेशनको बन्द सत्र

११ मंसिर, काठमाडौँ ।

Advertisement

एमालेको १०औं महाधिवेशनको बन्द सत्र सुरु भएको छ । बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र पाँच घण्टापछि चितवनको सेभन स्टार होटल परिसरमा भएको हो । बन्द सत्रमा एमालेले आमन्त्रित गरेका विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

बन्द सत्रमा समसामयिक प्रस्तावहरुको पारित गर्ने, केन्द्रिय कमिटीले शुक्रबार पास गरेको विधान संशोधनलाई पनि बन्द सत्रमा छलफल हुने एमाले नेताहरुले बताएका छन् । अहिले हलभित्र प्रतिनिधिहरु छिर्ने क्रम सुरु भएको छ ।

Advertisement

शनिबार बिहानभर सहमतिमा नेतृत्व टुङ्‍गो लगाउने प्रयास गरिएको थियो। अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका नेताहरुलाई सहमत गराउन प्रयास गरेता पनि सफल भएका थिएनन्। त्यसको असर बन्दसत्रको पूर्वनिर्धारित समयलाई परेको थियो।

Advertisement

शुक्रबारदेखि सुरु भएको एमाले महाधिवेशन आइतबारसम्म चल्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top