मोदी नेपालमा हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापना गराउन चाहन्छन् : जोगेन्द्र शर्मा

मोदी नेपालमा हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापना गराउन चाहन्छन् : जोगेन्द्र शर्मा

११ मंसिर, काठमाडौँ ।

भारतीय कम्युनिष्ट मार्क्सवादी पार्टीका नेता जोगेन्द्र शर्माले भारतको नरेन्द्र मोदी सरकारले नेपालमा हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापना गराउन लागि परेको बताएका छन् । शनिबार नेकपा एमालेका बन्द सत्रलाई सम्बोधन गर्दै शर्माले सन् २०२५ सम्ममा मोदी सरकारले भारतलाई पनि हिन्दु राष्ट्र बनाउन खोजेको बताएका हुन् ।

उनले भने, ‘भारतको नरेन्द्र मोदी सरकारले नेपालमा राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापना गराउन लागि परेको छ । फाँसीवाद आरआरएसको धर्मनिरपेक्षा र प्रजातन्त्रका लागि खतराको रुपमा रहेको छ । सन् २०२५ सम्म भारतलाई पनि हिन्दु राष्ट्र बनाउने लक्ष्य लिएको छ।’

मोदी नेतृत्वको सरकारले भारतमा मात्रै नभएर दक्षिण एसियाबाट कम्युनिष्ट आन्दोलन समाप्त पार्ने कोसिसमा रहेको भन्दै त्यसतर्फ सचेत रहन उनले सचेत गराएका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.