थप २१३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

११ मंसिर, काठमाडौं ।

Advertisement

नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभर ६ हजार ६३२ नमुना परीक्षण गरिएकोमा २१३ जनामा काेराेना पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । पछिल्लो २४ घण्टामा ३१५ जना भने संक्रमणमुक्त भएका छन् । यससँगै संक्रिय संक्रमितको संख्या ७ हजार १५६ पुगेको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ११ हजार ५२१ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top