१३ मंसिर, चितवन ।
एमाले नेता सुवास नेम्वाङले पार्टीको निर्देशन नकार्न नसक्दा उपाध्यक्षमै चित्त बुझाउन बाध्य भएको प्रतिक्रिया दिएका छन् ।
वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेम्वाङलाई निवर्तमान अध्यक्ष केपी ओलीले उपाध्यक्षको सूचीमा राखेका छन् ।
नेम्वाङले आफू सिनियर भएको दाबी गर्दै वरिष्ठ उपाध्यक्षमा दाबेदारी प्रस्तुत गरेका थिए ।
उनले ओलीबाहेक अरुलाई नेता नमान्ने सन्देश पार्टी नेतृत्वमा प्रवाह गराएका थिए ।
तर ओलीले वरिष्ठ उपाध्यक्षमै राखेपछि आज बिहान सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेम्वाङले भने, ‘सहमतिका लागि पार्टीको निर्देशन नकार्न सकिनँ, उपाध्यक्षमै चित्त बुझाउँन बाध्य भएँ ।’