मौद्रिक नीति समीक्षा बारे शेखर गोल्छा के भन्छन् ?

१२ मंसिर ७८, सोमबार

१३ मंसिर, काठमाडौं ।

Advertisement

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा व्यवस्था गरेको नीतिले निजी क्षेत्र निराश भएको बताएका छन् ।

सोमबार न्युज एजेन्सी नेपालसँग मौद्रिक नीतिको समिक्षाको विषयमा प्रतिक्रिया दिँदै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।

Advertisement

७ प्रतिशतको आर्थिक बृद्धिदरमा असर पर्छ

अध्यक्ष गोल्छाले कोरोना महामारीबाट प्रभावित उद्योग व्यवसाय पुनरुत्थान गर्ने गरी थप राहतका प्याकेज मौद्रिक नीतिको समीक्षाले व्यवस्था गर्ने अपेक्षा थियो तर, त्यस्तो प्याकेजहरु नआउँदा नीजि क्षेत्रमा निराशा छाएको बताए ।

Advertisement

यसले सरकारले लिएको ७ प्रतिशतको आर्थिक बृद्धिदरमा असर पार्नसक्ने बताए । अध्यक्ष गोल्छाले भने,‘मौद्रिक नीतिको समिक्षाले नीजि क्षेत्रले अहिलेको जोखिम मोल्न सक्ने नीतिको आउनु पर्ने माग गरेको थियो ।

तर, कोराना महामारीबाट प्रभावित उद्योग व्यवसायीको लागि मौद्रिक नीतिको समिक्षामा कुनै प्याकेज आएन् । यसरी नीजि क्षेत्रको माग सम्बोधन नहुदाँ मौद्रिक नीतिको समिक्षाबाट निजि क्षेत्र पनि निराश भएको छ ।

मौद्रिक नीतिको समिक्षाले सरकारले लिएको जुन ७ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य छ । त्यो लक्ष्यमा पूगन समेत मुस्किल पर्छ ।

अर्थतन्त्र पहिले कै गतिमा

अध्यक्ष गोल्छाले कोरोना महामारीले मुलुकको अर्थतन्त्र शिथिल बनाएको बताए । तर, यति ठूलो चुनौतीको बीचमा पनि मुलुकको अर्थतन्त्र पहिले कै गतिमा ल्याउन उद्योगी ब्याबसायी सफल भएको बताए ।

उनले नीजि क्षेत्रले ठूलो चुनौती सामाना गरेर लगानी गरेको कारण अहिले अर्थतन्त्र आधारभूत रुपमा बलियो बन्दै गएको उल्लेख गरे । अध्यक्ष गोल्छाले निजी क्षेत्र सरकारले सहयोग गरे कोरोना महामारीले निम्त्याएको जोखिम मोल्न तयार रहेको बताए ।

उनले भने,‘ मुलुकको अर्थतन्त्रलाई गतिशिल बनाउनको लागि नीजि क्षेत्र चूनौती सामना गरेर अगाडी बढेको छ । मौद्रिक नीतिको समिक्षापछि नीजि क्षेत्र अझ नो रिक्स,नो गेन भनेर नै जोखिम लिदै अघि बढेको छ ।

जोखिम मोलेर काम गर्दा मात्रै प्रतिफल राम्रो आउँछ । जोखिमको सामना गर्न नसक्ने नीजि क्षेत्रले राम्रो प्रतिफल पाउने पनि बताउनुभयो ।
नेपाल राष्ट्र बैंकले गत शुक्रबार चालु आर्थिक वर्ष २०७८÷७९को मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गरेको छ ।

मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुले कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो २०७९ असार मसान्तसम्ममा निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई राष्ट्र बैंक समक्ष पेश गरी सोको कार्यान्वयन गर्नुपर्ने नयाँ व्यवस्था गरेको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्र्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र लिन सक्ने व्यवस्थामा पनि परिर्माजन गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top