‘ओमिक्रोन’ बारे विश्व स्वास्थ्य संगठन नै पूर्ण जानकार छैन्

१२ मंसिर ७८, सोमबार

१३ मंसिर, काठमाडौं ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नेपाल कार्यालयका प्रमुख राजेश सम्भाजीराव पाण्डवले दक्षिण अफ्रिकामा हालै पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ धेरै संक्रामक भएको वा नभएको भन्ने बारे अध्ययन भइरहेको बताएका छन् ।

सोमवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा प्रमुख पाण्डवले दक्षिण अफ्रिकामा हालै पुष्टि भएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ धेरै संक्रामक हो वा हाइन भन्ने कुराको अध्ययन भइरहेको बताएका हुन् ।

उनले डब्ल्यूएचओले नयाँ भेरियन्टको बारेमा सही कुरा पत्ता लगाउनका लागि भेरियन्ट देखिएको स्थानमा अध्ययन गरिरहेको पनि बताए ।

खोपले काम गर्छ कि गर्दैन भन्ने पनि अध्ययनमै छ

उनले डब्ल्यूएचओले यो भेरियन्टबिरुद्ध अहिले प्रयोगमा रहेका भ्याक्सिनले काम गर्छ वा गर्दैन भन्ने कुराको पनि अध्ययन गरिरहेको बताए । प्रमुख पाण्डवले भने, ‘यो भेरियन्ट सार्स कोभिड भाइरस हो ।

यो २६ नोभेम्बर २०२१ म देखिएको हो र यसलाई डब्ल्यूउचओले ‘ओमिक्रोन’ नाम दिएको छ । पहिलो कुरा त यो भेरियन्ट अन्य भाइरस भन्दा फरक छ भनिएको छ तर यो भेरियन्ट धेरै मानिसबाट मानिसमा उत्परिवर्तन हुन्छ भन्ने बोरे स्पष्ट भइसकेको छैन ।

अहिले विश्वस्वास्थ्य संगठन र टेक्निकल पार्टनर्सहरुले भाइरसको भेरियन्ट फेला परेको स्थानमा अनुसन्धान गरिरहेको छ । डब्ल्यूएचओले अहिले यो भेरियन्टमा कोरोनाबिरुद्धको खोप सफल हुन्छ कि हुँदैन भनेर पनि अध्ययन गरिरहेको छ ।

केही समयभित्रमा सायद अहिलेको भ्याक्सिनले काम गर्छ कि गर्दैन ? भन्ने कुरा पत्ता लाग्नेछ । डेल्टा भेरियन्टमा सफल भएको भ्याक्सिन ‘ओमिक्रोन’ भरियन्टमा कत्तिको सफल हुनेछ यसले रोगबाट कत्तिको बचाउन सफल हुन्छ, त्यसको अध्ययन चलिरहेको छ ।’

नयाँ भेरियन्टबाट बच्ने उपाय चाँही पूरानै

प्रमुख पाण्डवले कोरोनाको नयाँ भेरियन्टबाट बच्नका लागि सदा झैँ मास्क अनिवार्य लगाउनु पर्ने, हात मिचिमिचि धुनुपर्ने, सभा सम्मेलनहरु रोक्नुपर्ने बताए ।

उनले अहिले नेपालमा कोरोनाको संक्रमण सकिएको झैँ एकै ठाएँमा भेला भएर बस्नेहरुको जमात बढ्दै गएको र सार्वजनिक स्थलमा समेत मास्कको प्रयोग नगर्नेहरुको संख्या बढ्दै गइरहेकोले त्यसतर्फ सचेत हुनुपर्ने बताए ।

प्रमुख पाण्डवले अस्पतालहरुले तयारीका साथ रहनुपर्ने, ¥याल, सिँगान, खकारहरु जथाभावि नफाल्ने र कोरोनाको लक्षण देखिए तत्काल परीक्षण गरेमा कोरोना महामारीलाई नियन्त्रण गर्न सकिने बताए ।

प्रमुख पाण्डवले भने, ‘यो महत्वपूर्ण छ कि, मास्क अनिवार्य लगाउनु पर्छ, हात धोइरहनु पर्छ । सामाजिक दूरी कायम गर्नुपर्छ । भेन्टिलेटर बढाउनु पर्छ । धेरैजना एकै ठाउँमा जम्मा भएर बस्नु भएन । र खकार र सिँगान जतापायो त्यतै फाल्नु हुँदैन ।

अन्य देशहरुको तुलनामा नेपालमा अन्य भेरियन्टमा पनि राम्रो व्यवस्था गरेर रोग नियन्त्रण गर्न सफल भएको थियो, धेरै रिस्क छैन, तर पर्यटकहरुको आगमनमा नियन्त्रण गर्नुपर्छ । त्यसैले नियन्त्रणका लागि लक्षण देखिएपछि अनिवार्यरुपमा परीक्षण गराउन आवश्यक छ । सरकारले सार्वजनिक स्वास्थ्यमा ध्यान दिनुपर्छ ।’

भाइरसबाट बच्न स्वास्थ्यका मापदण्ड पूर्ण पालन

प्रमुख पाण्डवले विश्व स्वाथ्य संगठनले अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्टबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको पनि बताए ।

उनले कोरोनालाई नियन्त्रण गर्न भ्याक्सिनको मात्रा सबै क्षेत्रमा पु¥याउनु पर्ने भन्दै भाइरसबाट बच्न सबै मिलेर स्वास्थ्यका मापदण्ड पूर्ण पालन गर्नुपर्ने बताए । प्रमुख पाण्डवले भने, ‘हामीले नेपालको स्वास्थ्य मन्त्रालयलाई नयाँ भेरियन्टको बारेमा भनिसकेका छौँ ।

यसको लागि स्वास्थ्य मन्त्रालयले तीव्र र राम्रो तयारी गर्ने भनेको छ । स्वास्थ्यचौकी र अस्पतालहरुलाई तयारी अवस्थामा रहन भन्नुपर्छ । यो भाइरस धेरै पटक परिवर्तन भइसकेको छ र हुँदै पनि छ ।

यो भाइरस आम नागरिकहरुको लागि रिस्क साबित भइरहेको छ, त्यसैले हामी सबैले बच्नुपर्छ । सबैले भ्याक्सिन लगाउनु पर्छ । सबै प्रदेशहरुमा खोपको मात्रा पु¥याउनु पर्छ । धेरै मानिसले सार्वजनिक स्थलमा मास्क लगाएको देखिँदैन, त्यसैले यसबाट बच्नको लागि मास्क, सामाजिक दूरी कायम गर्ने कुरा, भेला हुने र हात धुने कुरा महत्वपूर्ण छ ।

यसकारण पनि सबैले यी नियमहरु अपनाएमा हाम्रो सामुमा आइरहेका कोरोना भाइरसका विभिन्न नयाँ प्रकारहरुबाट बच्न र बचाउन सकिन्छ ।’ कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ दक्षिण अफ्रिकामा नोभेम्बर २६ मा पुष्टि भएको थियो ।

यसबारेमा हालसम्म डब्ल्यूएचओले भने आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन । नयाँ भेरियन्टको बारेमा विश्व स्वाथ्य संगठन र प्राविधिक टोलिले अध्ययन, अनुसन्धान सकेपछि मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने डब्ल्यूएचओ नेपालका प्रमुख पाण्डवको भनाइ छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top