रावलसहितलाई भोट नहाल्न ओली पक्षले बाँड्यो पर्चा, रावल आक्रोशित

१४ मंसिर, चितवन ।
आफ्नो सूचीमा नपरेका उम्मेदवारलाई भोट नहाल्न एमाले अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षले बाँडेको कागजप्रति अध्यक्षका अर्का प्रत्यासी भीम रावलले आपत्ति जनाएका छन्।

ओलीले आइतबार बन्दसत्रमा पेश गरेको सहमतिको सूचीबाहेकका व्यक्तिले समेत उम्मेदवारी दिएपछि एमालेको नेतृत्व चयनका लागि मंगलबार बिहान ४ बजेदेखि मतदान भइरहेको छ। मतदानका क्रममा ओली पक्षले आफ्नो सूचीमा नपरेकाहरुलाई भोट नहाल्न महाधिवेशन प्रतिनिधिहरुलाई प्रिन्टेट सूची दिएको छ।

त्यसप्रति आपत्ति जनाउँदै रावलले भने, ‘यो सरासर आपत्तिजनक र निर्वाचन आचारसंहिताविपरीत छ। आचारसंहिताले सूची बाँड्न नपाउने भनेको थियो। यसले धाँधली हुने अवस्था सिर्जना गर्छ।’

त्यस्तै रावलले आफ्नो उम्मेदवारी केन्द्रीय सदस्यमा समेत राखेर मतदान गराइएकोप्रति पनि विरोध जनाएका छन्। आफूले अध्यक्ष पदमा मात्रै उम्मेदवारी दिएकोे बताउँदै उनले केन्द्रीय सदस्यका लागि उम्मेदवारी नदिएकाले स्वीकार नगर्ने प्रस्ट पारे।

‘मैले उम्मेदवारी नदिएको पदमा निर्वाचित गराइयो भने पनि म मान्दिनँ। पछि भीम रावलले शपथ लिएन भन्ने दिन आउँछ’, रावलले थपे।

ओली पक्षले अध्यक्षमा ओलीका प्रतिस्पर्धी रावल, उपाध्यक्षका प्रत्यासी घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्की, प्रदेश १ का खुला सदस्य उम्मेदवार भाष्कर काफ्ले, प्रदेश १ कै महिला सदस्यकी उम्मेदवार मीरा खान, सुदूर पश्चिम महिला पदकी उम्मेदवार पशुपति कुँवर र मञ्जु मरासीलाई मत नदिन भन्दै पर्चा बाँडेको हो।

त्यस्तै दलित सदस्यमा नरबहादुर विक, थारु खुला सदस्य र पिछडिएको क्षेत्रका उम्मेदवार भरत साउदलाई पनि मत नदिन ओली पक्षले अपिल गरेको हो।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top