विश्वभरि नै ओमिक्रोन सङ्क्रमणको जोखिम उच्चः डब्लुएचओ

१४ मंसिर, एजेन्सी ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टले विश्वभरि नै सङ्क्रमणको उच्च जोखिम बढाउने भन्दै चेतावनी दिएको छ।

Advertisement

सोमवार डब्लुएचओले यो भेरिअन्टले विश्वका केही क्षेत्रमा गम्भीर परिणामहरू निम्त्याउन सक्ने बताएको हो। सङ्गठनका प्रमुख डाक्टर टेड्रोस एडह्यानम गेब्राएससले गरिब देशहरूमा खोप पठाउनका लागि पुनः आह्वान गरेका छन्।

यो महिनाको सुरुमा ओमिक्रोन दक्षिण अफ्रिकामा पत्ता लागेको थियो। प्रारम्भिक प्रमाणहरूले यसको सङ्क्रमण जोखिम धेरै रहेको देखाएका थिए। उक्त भेरिअन्टबारे छिट्टै खबर गरिएको भनेर दक्षिण अफ्रिकाको प्रशंसा पनि गरिएको छ।

Advertisement

अध्ययन हुँदै

सोमवार बोल्दै डाक्टर टेड्रोसले विश्वभरका वैज्ञानिकहरूले नयाँ भेरिअन्ट उच्च सङ्क्रामक छ–छैन, पुनः सङ्क्रमण हुने खतरा कति छ र खोपले कति काम गर्छ भनेर पत्ता लगाउन काम गरिरहेको बताए।

Advertisement

ओमिक्रोन देखिनुले कोभिड अब सकियो भन्ने हामी मध्ये धेरैले सोचे पनि त्यो होइन भनेर सम्झाएको छ, उनले भने। नयाँ भेरिअन्टका कारण कसैको ज्यान गएको भन्ने अहिलेसम्म नपाइएको पनि उनले बताए।

यो नयाँ भेरिअन्ट युके, क्यानडा, पोर्चुगल, बेल्जियम र नेदरल्याण्डस्‌लगायत थुप्रै देशमा देखिइसकेको छ। नयाँ भेरिअन्ट देखापरेपछि अमेरिका, युके र युरोपेली संघले दक्षिण अफ्रिकी देशहरूका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाएका छन्।

उक्त निर्णयको दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले आलोचना गरेका छन्। जापानले नयाँ विदेशी पर्यटकलाई मङ्गलवार रातिदेखि सीमा बन्द गरिने घोषणा गरेको छ। अस्ट्रेलियाले पनि सीमा प्रतिबन्ध खुकुलो पार्ने लामो समयदेखिको योजना स्थगित गरेको छ।

अस्ट्रेलिया जान चाहने विदेशी विद्यार्थी र दक्ष कामदार बुधवारबाट पुनः जान पाउने भनिए पनि अब फेरि डिसेम्बर १५ तारिखसम्मका लागि पर सारिएको छ। इजरेलले पनि विदेशीलाई देश प्रवेशमाथि प्रतिबन्ध लगाएको छ।

युकेमा ओमिक्रोनको नयाँ लहरलाई रोक्न मद्दत पुगोस् भनेर १८ वर्षमाथिका सबैलाई कोभिडको बुस्टर खोप दिन लागिएको छ। अमेरिकी राष्ट्रपतिले पनि आफ्ना सबै नागरिकलाई बुस्टर खोप लगाउन भनेका छन्। उनले घरभित्र बस्दा पनि मास्क लगाउन आह्वान गरेका छन्।

तर बाइडनले अमेरिकामा थप यात्रा प्रतिबन्ध लगाइने वा लकडाउन हुने कुनै अनुमान नगरिएको बताए।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार सन् २०२० मा विश्वव्यापी महामारी सुरु भएयता विश्वभरि २६ करोडभन्दा बढी मानिस सङ्क्रमित भएका छन् र ५० लाखको ज्यान गएको छ।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top