१ सय गाडीमा निःशुल्क ‘जीपीएस डिभाइस’ जडान गरिने

१४ मंसिर, काठमाडौं ।
यातायात व्यवस्था विभागले १ सयवटा सार्वजनिक गाडीमा निःशुल्क जीपीएस डिभाइस जडान गर्ने भएको छ ।

जीपीएस भेइकल ट्र्याकिङ सिस्टम विकास भइसकेको र त्यसलाई पाइलट रुटमा परीक्षणका लागि १ सयवटा गाडीमा निःशुल्क जडान गर्न लागिएको विभागले जनाएको छ ।

विभागका अनुसार काठमाडौं–जनकपुर, काठमाडौं–वीरगञ्ज र काठमाडौं–पोखरा रुटमा चल्ने सार्वजनिक गाडीमा जीपीएस डिभाइस जडान गरिनेछ । आवेदन दिएका यी रुटका सवारीमध्ये पहिलो सय वटाले मात्र निःशुल्क डिभाइस जडान गर्न पाउनेछन् ।

सवारीधनीले आवेदन दिँदा सम्बन्धित यातायात व्यवसाय प्रमाणपत्र, सवारीसाधन दर्ता प्रमाणपत्र, सवारीचालकको नागरिकताको प्रमाणपत्र र सवारीचालक अनुमतिपत्र विभागमा पेस गर्नुपर्नेछ ।

सरकारले आर्थिक वर्ष २०७६–०७७ को बजेटमार्फत जीपीएस प्रविधिको प्रयोग गरी सार्वजनिक सवारीसाधनहरूको अनलाइन अवस्थिति अनुगमन गरिने जनाएको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top