म पनि राप्रपा जस्तै राष्ट्रवादी हुँः प्रचण्ड

१४ मंसिर ७८, बुधबार

१५ मंसिर, काठमाडौं ।

Advertisement

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफू पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जस्तै राष्ट्रवादी भएको बताएका छन् ।

बुधबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा बोल्दै अध्यक्ष दाहालले आफ्नो राष्ट्रवाद र राप्रपाको राष्ट्रवाद उस्तै भएको टिप्पणी गरेका हुन् । उनले राप्रपा र आफ्नो पार्टीको मत भने नमिल्ने स्पष्ट पारे ।

Advertisement

तर पनि राप्रपाले संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्न सघाएर भिन्न परिस्थितिमा भिन्न खालको देशभक्ति देखाएको अध्यक्ष दाहालको तर्क थियो ।

अध्यक्ष दाहालले राप्रपाले इतिहासतिर फर्केर राष्ट्रवादको कुरा उठाउने गरेको उल्लेख गर्दै आफूहरुले नेपाली जनतालाई राष्ट्रवादको मुख्य आधार बनाएर अघि बढेको दावी समेत गरे । उनले भो , ‘हाम्रो मत त मिल्दैन ।

Advertisement

म गणतन्त्रवादी, धर्म निरपेक्षतावादी । तर म पनि तपाईहरुजस्तै राष्ट्रवादी । राष्ट्रवादको व्याख्या गर्दा दुईटा आधारभूत कुरा छन । एउटा राष्ट्रवाद भन्ने वित्तिकै अघि बढी हिजोको ईतिहासमा भएका सकारात्मक र गौरवपूर्ण कुराहरुलाई आधार बनाएर अहिले पनि इतिहासतिरे फर्कने राष्ट्रवाद ।

एउटा, नेपालको सम्पूर्ण जनतालाई राष्ट्रवादको आधार मान्दै जनतातिरै फर्कन खोज्ने राष्ट्रवाद । मैले यो देशका सबै मजदुर, किसानहरु, सबै उत्पीडित मधेशी, आदिवासी, जनजाति, दलित, महिला, थारुलगायत सबैको पहिचान र अधिकारको लडाई लडेकै हो ।

म राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता, कार्यकर्ताहरुलाई यस अर्थमा पनि धन्यवाद दिन चाहन्छु–तपाईहरु आफ्नो राजनीतिक विचार र मतमा भिन्न हुँदाहुँदै पनि देशमा राजनीतिक अस्थिरता र अराजकता पैदा नहोस् भन्नका निम्ति, देशले गति लिईराखोस् भन्नेका निम्ति संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन तपाईहरुले गरेको योगदानलाई मैले भिन्न परिस्थितिमा गरेको देशभक्ती ठान्दछु ।’

अध्यक्ष दाहालले राजनीतिक विचारधारा फरक भएर पनि राप्रपाका नेता, कार्यकर्ताहरुले मुलुकमा राजनीतिक अस्थिरता हुन नदिनका लागि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणमा साथ दिएको विश्वास समेत व्यक्त गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top