सिक्टा सिँचाइ आयोजनाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा छानबिन

सिक्टा सिँचाइ आयोजनाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा छानबिन

काठमाडौं : सिक्टा सिँचाइ आयोजनाको मूल नहर पटकपटक भत्केपछि यसको गुणस्तरमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गर्ने भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

आयोगले छानबिनका लागि शुक्रबार पाँचसदस्यीय समिति गठन गरेको हो । सिक्टाको मूल नहरको गुणस्तरमाथि नै प्रश्न उठेकाले अनुसन्धान सुरु गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए । ‘गहिरो अनुसन्धान गर्न पूर्ण अधिकारसहितको पाँच सदस्यीय समिति गठन गरिएको छ,’ दंगालले भने ।

ठेकेदारलाई उन्मुक्ति दिने चलखेल भइरहेको पाईएपछि अख्तियारले नहर निर्माणस्थलमै पुगेर गुणस्तरसमेत परीक्षण गर्ने भएको हो । दंगालले भने, ‘सबै पक्षमा अध्ययन हुन्छ ।’ अनियमितता भएको प्रमाण भेटिए कारबाही प्रक्रिया अघि बढाउने अख्तियारले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.